सूर्यविनायकको हाकिममा उपसचिव आचार्यलाई पठाउन मन्त्रालयको दवाव

भक्तपुर, २८ वैशाख । बजेट निमार्णको मुख्य समयमनै प्रमुख प्रशासकीय अधिकृतको हेरफेर हुदाँ स्थानिय तहका निति निमार्णमा समस्या भएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासनले पछिल्लो पटक बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवतन गर्दा हाल दुई नगरपालिकामा यसको प्रत्यक्ष असर देखिएको छ ।

बिज्ञापन

यसको पछिल्लो उदाहरण हो,  मन्त्रालयले बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा मन्त्रालयले गरेको लापरवाहीका कारण नगरपालिकाको कार्यसम्पादन समेत भद्रगोल भएको थियो ।

नयाँ हाकिम पाएको पालिकाले तिव्र रुपमा कार्य अघि बढाउने योजना बनाएतापनि प्रक्रियाका निम्ती मात्र निजगढमा हाजिर भएका कारण नगरपालिकाको करिब दुई महिनाको समय बर्बाद भयो ।

बिज्ञापन

२०८१ फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यले मन्त्रालयका केही कर्मचारीसँगको मिलाेमतोमा हाजिर भएको १२ दिनमा नै उनको सरुवा सूर्यविनायकमा गराए ।

मन्त्रालयका एक कर्मचारीका अनुसार उपसचिव आचार्यले केही कर्मचारीसग अनुचित लेनदेन गरी प्रक्रियाका निम्ती मात्र निजगढ नगरपालिकामा गएको जानकारी दिए । उनका अनुसार मन्त्रालयले उपत्यका भित्र रहेका पालिकामा कार्यगर्नका निम्ती एक पटक उपत्यका बाहिरको पालिकामा कार्य गर्नुपर्ने प्रक्रियाका निम्तीमात्र आचार्यको निजगढमा सरुवा गरिएको थियो ।

उता उनी सरुवा भई गएका सुर्यबिनायक नगरपालिकामा अहिले नया बजेट बनाउने र पुराने बजेटका कार्यहरुको अनुगमन तथा भुक्तानीको अन्तिम तयारीमा भएको बेलामा हाल सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको अनुसार अधिकृत आर्चाय पालिकामा आएपनि लामो समय बसेर कार्य गर्ने बिश्वास नगरपालिकाको नरहेको र अनुचित लेनदेन गरी सरुवा भई आएका कर्मचारीले नगरपालिकाको अर्थमा नजर भएको कारण आर्थिक दुरुपयोग गर्न आएको हुनसक्ने जानकारी दिएको छ ।

तर उपसचिव आर्चाय हाल कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललाई जसरी भएपनि हटाएर आफु त्यहाँको प्रमुख प्रशासकीय अधिकृत बन्ने तयारीमा छन ।

त्यसका निम्ती उनले पटक पटक मन्त्रालयबाट उनलाई पत्र पठाउन लगाउने देखी सचिव, सह–सचिव, शाखा अधिकृत लगाएतबाट फोन गराउने कार्यमा सक्रिय छन ।

मन्त्रालयकाका अर्का कर्मचारीका अनुसार आर्चायको सरुवा भएको ४० दिन भयो उहाँ दैनिक जस्तै मन्त्रलय आउनुहुन्छ र त्यहाँ भएको अधिकृतलाई जसरी भएपनि रवना लिन दवाव दिन लगाउने कार्यमा व्यस्त भएको पाईन्छ । यसरी जवरजस्ती नगरपालिका गएर कार्यगर्दा पछि समस्या आउने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष