सामान्य र भूमिको सरुवा : विचौलियाले बोकेकालाई जतिखेरै,निरिह कर्मचारीलाई मापदण्ड

अवधि नपुग्दै सरुवा उल्टाएर कर्मचारीले खोजे अनुसारको पूरानै कार्यालयमा खटाउने धन्दा चलिरहेको छ अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ।
भूमि प्रशासनको विचौलियाका रुपमा चित्रित प्रमोद खड्काको डिजाइनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कमल भट्टराईले धमाधम कर्मचारीको सरुवा गरिरहेका छन् ।

बिज्ञापन

यो त्यही मन्त्रालयले हो,जस्ले पहुँच र पैसा पेल्न नसक्ने कर्मचारीहरुका लागि महिनामा दुई पटक १ र १५ गते सरुवा गर्ने र त्यसका लागि आवेदन चाहिने बताउँदै आएको छ । तर, विचौलियाले बोकेका पात्रहरुको गुपचुप सरुवा भइरहेको कर्मचारी प्रेसले फेला पारेको छ ।

बिज्ञापन

जस्तो : नायब सुव्वा राजकुमार कटुवाल,०७९ भदौं ३१ देखि ८१ असोज १४ सम्म डिल्लीबजार मालपोतमा कार्यरत थिए । असोज १४ मा नियम विपरित उनको सरुवा उपत्याकाकै एउटा कार्यालयबाट उपत्याकाको अर्काे कार्यालय साँखु मालपोतमा पठाइयो । जबकी उपत्याकाको एउटा कार्यालयबाट अर्काे कार्यलय सरुवा हुनुलाई मापदण्ड विपरित मान्छ,ऐनले । सात लाखसम्म खर्चिएर उपत्याकाभित्रै टिकेका ती सुव्वालाई साँखुबाट गृह मन्त्रालयमा पठाइएको भेटिन्छ गत वैशाख ४ गते । र सो को १५ दिन नबित्दै उनलाई गृहबाट भूमिमा ल्याइएको छ । अब पूरानै स्थान भक्तपुर मालपोत लैजाने गरी चाँजोपाँचो मिलाइदैंछ ।

बिज्ञापन

यसैगरी विमल खनाल ०७९ भाद्र ३१ देखि ८१ असोज १४ सम्म डिल्लीबजारमा कार्यरत थिए । उनलाई पनि सोही मितिमा नियम विपरित भक्तपुर खटाइयो । गत वैशाख ४ मा गृहमा सरुवा गरिएकोमा गृहमा हाजिर नहुँदै पुन भूमिमा पुगिसकेका छन् । उनको सरुवाको पछाडि विचौलियाको ठूलो भूमिका रहेको बताइन्छ । यी मात्र होइनन्,विचौलियाका रुची अनुसार उनी निकटका कर्मचारीहरु धमाधम भूमिमा लैजाने काम भइरहेको छ । कम्युटर अपरेटर सहदेव पौडेल (कर्मचारी संकेत नम्बर २०४३०४) सुनसरीबाट अर्थ मन्त्रालय सरुवा भएका थिए ८१ चैत्र ६ मा । ६ दिनपछि नै भूमि व्यवस्था मन्त्रालयमा पुगेका छन् ।

यस्तै, खरिदार प्रमोद नेपाल (कर्मचारी संकेत नम्बर २१८८५३) गत चैत्र ६ मा गृहबाट भूमि मन्त्रालयमा ल्याइएको छ । नासु कुलबहादुर बस्नेत १८१८५८ रहेका गत वैशाख ४ मा सामान्यबाट भूमिमा,खरिदार ज्ञानदेव कार्की २१९३६२ वैशाख ४ मा सामान्यबाट भूमिबाट पठाइएको छ र शाखा अधिकृत कुलप्रसाद पराजुली कर्मचारी संकेत नम्बर १७९८३९ रहेका पराजुली यस अघि स्वास्थ्य सेवा विभागमा रहेका थिए ८१ पुस २१मा मन्त्रालय फर्किएका छन् ।

शाखा अधिकृत मिलन दाहाल १९६५०५ रहेका वन तथा वातावरण अन्र्तगतबाट फेरि भूमिमा पुगेका छन् । नासु दिपक सुवेदी १८५२४१ रहेका ८१ भदौं १९ मा गृह मन्त्रालय सरुवा भएका थिए तर भूमिमा आउन सफल भएका छन् ।

नासु चुणामणि पराजुली १८७०१६ गत मंसिर ९ मा उर्जा जलश्रोत तथा सिँचाईमा सरुवा गरिएको थियो मालपोत कार्यालय ललितपुर पुगेका छन् । देवीदत्त घिमिरे २०५१७२ रहेका सामान्य प्रशासन मन्त्रालयमा चैत्र ८ मा पदस्थापन भएका थिए उनी पनि मालपोत नै जाने गरी मन्त्रालय पुगेका छन् ।

यस्का अलवा खरिदार प्रतिक्षा पुन मगर २०६१७७ सञ्चार मन्त्रालयमा ८१ भदौं १४ मा पदस्थापन भएकोमा उनी भूमि आएकी छिन । प्रमिष्ठा कुमारी निरौला २०००८१ कृषि तथा पुशपक्षी मन्त्रालयमा ८१ भदौं २० मा पदस्थापन गरिएको,जीवन बस्नेत २१८१२२ हुलाकी राजमार्ग इटहरीबाट ६ महिनामै मन्त्रालय आएका छन् ।

प्रमोद नेपाल २१८८५३ गृह मन्त्रालयबाट चैत्र ११ मापदस्थापन भएकोमा मन्त्रालयमा आएका छन् । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन र भूमि मन्त्रालयबाट हुने सरुवा मन्त्रालयको इच्छाभन्दा पनि विचौलियाको रुची अनुसार हुने गरेको कर्मचारीहरु गुनासो पोख्छन् ।

यसरी विचौलियाले बोकेका कर्मचारीहरुले धमाधम सरुवा उल्टाएर वा छोटो समयमा भूमि मन्त्रालयमा फर्किएका छन्,मालपोतमै जाने गरी । यसरी विचौलियाका इन्ट्रेस्ट अनुसार काम गरिरहेका छन्,उपसचिव कमल भट्टराईले । सचिव रविलाल पन्थले कर्मचारीहरुलाई नियम अनुसार,सरुवा गर्न खोजेका भए पनि उनको योजनालाई विफल बनाउनमा उनै कमलहरु सक्रिय रहेको सामान्य प्रशासनका कर्मचारी बताउँछन् ।

कर्मचारी सरुवाको मापदण्ड अनुसार उपत्याकाको एउटा कार्यालयबाट अर्काे कार्यालय सरुवा गर्न मिल्दैन । त्यही कारण यस अघि झण्डै सात करोड लगानीमा भएको सरुवामध्ये ६५ जनाको सरुवा बदर गरिएको थियो । अहिले तिनै कर्मचारीलाई उपत्याकाभित्रैका मालपोत कार्यालयमा लैजाने गरी यो सेटिङमा भूमि व्यवस्था विभागका महानिर्देशकको शिवप्रसाद रेग्मी र कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका टेकराज अर्यालको ठूलो भूमिका रहेको बताइन्छ । रेग्मी उनै प्रमोदको इच्छा अनुसार भूमि व्यवस्था विभागको महानिर्देशक बनेका थिए,गत कार्तिकमा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चाकडी, चाप्लुसी र अकुत सम्पत्तिले सडेको निजामती सेवा : सचिव–सहसचिवकै कारण मुलुक धमिराले खाएको घरझैँ

भूमिका डिजी करोडौं उठाउन बिजी

६ घण्टाभित्र सडक खुल्नेगरी काम अघि बढाएका छौं : सचिव शर्मा

खाल्डाखुल्डीमुक्त राजधानीका सडक: महाराजगन्ज–बसुन्धरा र बालाजु बाइपासमा सुधार अभियान सुरु

ठूला मुद्धाका फाइल छानी छानी खरानी

ओलीले प्रधानमन्त्री मातहत ल्याएका तीन निकाय अन्तरिम सरकारले अर्थ र गृहमै फर्काउने

रत्न प्रसाद अनामणिको कविता : सम्झौताका पत्रहरु

जेनजी आन्दोलनमा पूर्व मन्त्री र सांसदको घुसपैठ-पालिका तोडफोड, प्रमुख प्रशासकीय अधिकृत कुटिए

बिशेष