विभिन्न माग राखी कर्मचारीले बुझाए हस्ताक्षर

संघीय निजामती सेवा विद्येयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तिम रुप दिँदै छ । गत शुक्रवार प्रतिवेदन तयार पारिएकोमा आज बिहानैदेखि समितिमा उक्त प्रतिवेदन उपर छलफल चलिरहेको छ । ऐन जारी हुने स्थिति बनेसँगै सरोकारवाला कर्मचारीहरुले ऐनमा समेटिनुपर्ने विविध बिषयहरु समेटेर राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएका छन् ।

बिज्ञापन

संघदेखि प्रदेश र स्थानीय तहका कार्यरत राजपत्र अनंकित कर्मचारीहरुले स्वत स्वफूर्त हस्ताक्षर अभियानै चलाए । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजनमा तिनै तहमा कार्यरत रहेका सबै पदका साझा माग समावेश गरी संकलन गरिएको हस्ताक्षर राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाइएको छ।

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले वृत्ति विकास, सेवाको सुरक्षा र पेशागत हितका माग राखी हस्ताक्षर अभियान चलाइएको र हालसम्म ७२०० भन्दा बढी कर्मचारी गरिसकेको तथा हस्ताक्षर अभियान जारी रहेकाले यो संख्या बढ्ने बताए ।

कर्मचारीहरुले खासगरी पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० बर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने, सबै तहमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम गरी अन्य पदमा रहेको साविक निजामति सेवा ऐन, २०४९ बमोजिमको पदपूर्तिको व्यवस्था कायम गर्दै राजपत्र अंकित तृतीय श्रेणीको पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिकरअन्तरतह प्रतियोगिताबाट १० प्रतिशत कायम गर्नुपर्ने, उपसचिवरसहसचिवको प्रतिस्पर्धाका लागि साविकको व्यवस्थाबमोजिम क्रमश ५ वर्षर७ वर्ष सेवा अवधि कायम गर्नुपर्ने र खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने, तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) लागु गर्नुपर्ने, पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सनसमेतका सेवा सुविधालाई मान्यता दिनुपर्ने, श्रेणीविहीन पदमा तह संख्या थप गरी तहवृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समूचित व्यवस्थापन एवम् आवश्यक सेवा सुविधाको व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन्।

बिज्ञापन

कर्मचारीका साझा माग पूरा नभएमा सशक्त विरोध तथा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश,अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित तयार भयो निजामती विद्येयकको मस्यौदा

 राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा बूढाथोकी,कार्यसमितिमा अधिकांश नेपाल टेलिकमका

निजामती विधेयकमा कांग्रेस र एमालेको मत बाझियो,पारित हुन अझैं समय लाग्ने

तिम्रो गाउँबाट तिमीलाई नै सम्बोधन

राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा रानामगर

अकुत सम्पत्ति जोडेका सब इञ्जिनियर विशेष अदालत धाउँदै

सूर्यविनायकको हाकिममा उपसचिव आचार्यलाई पठाउन मन्त्रालयको दवाव

यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक

बिशेष