कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

संघीय सामान्य तथा सामान्य प्रशासन मन्त्रालयले सक्कल कार्य सम्पादन मूल्याङ्कन फाराम पठाउनका लागि परिपत्र गरेको छ । मन्त्रालयले बढूवा प्रायोजनका लागि विशेष गरी राजपत्र अनंकित श्रेणीका जिल्ला र प्रदेश तहका विभिन्न निकायमा कार्यरत रहेका कर्मचारीहरुलाई पछिल्लो पाँच आर्थिक बर्षको कासमूको सक्कल पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

मन्त्रालयद्धारा जारी परिपत्रमा भनिएको छ,कतिपय कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन फाराम तोकिएको समयमा प्राप्त नभई बढुवा कार्यमा विलम्ब भएको र सम्बन्धित कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम पठाईदिने व्यवस्थाका लागि तत् तत् निकायमा अनुरोध गर्दा यस मन्त्रालयको पत्र माग भएको भन्ने बुझिएकोले यसै पत्र एवम् सम्बन्धित कर्मचारीको निवेदन समेतका आधारमा पछिलो पाँच आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन फारामको सक्कल प्रति बढुवा प्रयोजनार्थ शिलबन्दी गरी यथाशीघ्र बढुवा समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईदिनुहुन आदेशानुसार अनुरोध छ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा २४क (६) बमोजिम निजामती कर्मचारीहरुको एक प्रति वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम बढुवा समितिको सचिवालयमा अनिवार्य पठाउने व्यवस्था भएकोमा कतिपय कर्मचारीहरुले कासमू विवरण नै नपठाएका कारण उनीहरुलाई परिपत्रै गरेर सम्झाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष