नक्कली प्रमाणपत्रधारी इञ्जिनियर अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार सेवामा नियुक्त भएका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धि आरोपमा राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा  करारमा कार्यरत इन्जिनियर सुमन खनालविरुद्ध अख्तियारले आज विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले इन्जिनियर सुमन खनालविरुद्ध आयोगले विशेषमा आरोपपत्र दायर गरेको हो । खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ तह र नेपाल इन्जनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।

बिज्ञापन

उनले पेस गरेका कागजात नक्कली रहेको भन्‍ने उजुरीमा अनुसन्धान हुँदा निज सुमन खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक ललितपुरमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन बीई सिभिल इन्जिनियरिङ एकाडेमिक ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङबाट जारी भएको क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ परिषदको प्रमाण पत्र, इन्जिनिरिङको लाइसेन्स समेत नक्कली पेस गरेको भेटिएको आयोगले जनाएको छ ।

‘शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष