धितोपत्र वोर्डमा अख्तियारको छापा,८९ कम्पनीका कागजात जफत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र वोर्डमा छापा हानेको छ । हिजोमात्र उर्जा व्यवसायीहरुले आइपिओ निस्कासन स्वीकृतिका लागि कमिसन माग गरेको भन्दै अख्तियारमा उजुरी दिएका थिए,प्रमाणसहित ।

बिज्ञापन

सोही उजुरीका आधारमा अख्तियारले आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ । आइपीओ निस्कासनका लागि पाइपलाइनमा छन्,८९ कम्पनी तिमध्ये ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेका छन् । एक जलविद्युत कम्पनीको हालैमात्र आइपीओ जारी भइसकेको छ बाँकी ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो ।

बिज्ञापन

आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय संसद,मिडिया हुँदै अख्तियारसम्म उजुरी परेपछि अख्तियारले त्यहाँ छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।

अख्तियारको उपसचिवको नेतृत्वको ३ सदस्यीय टोली दिउँसो खुमलटारस्थित वोर्डको कार्यालयमा पुगेको थियो ।

बिज्ञापन

अख्तियारको टोलीले वोर्डमा चार घण्टा समय बिताएको जनाइएको छ । अख्तियारबाट गएको टोलीले वोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, बोर्डका नियमन विभागका प्रमुख रहेका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ लगायतका जिम्मेवार कर्मचारीसँग ४ घण्टा समय विभिन्न बिषयमा प्रश्नहरु गरेको थियो । सो पछि पाइप लाइनमा रहेका ८९ कम्पनीको महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर साँझ अख्तियारको टोली खुमलटारबाट टंगालतिर हिडेको जनाइएको छ ।

विचौलिया परिचालन गरेर अध्यक्षले मागे सात प्रतिशत कमिसन,प्रमाणसहित अख्तियार पुग्यो उजुरी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष