ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोड राजस्व चुहावटको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।उक्त कम्पनीविरुद्ध मुख्यतः नक्कली बिलबिजक बनाएर भ्याट तथा आयकर छली गरेको अभियोग लगाइएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिका‐३१ ठेगाना भएको उक्त कम्पनीले ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्ट्रक्सन सामान खरिद बिक्री शीर्षकमा गरेको कारोबारका क्रममा राजस्व चुहावट सम्बन्धी कसुर गरिएको आरोप लगाइएको छ । विभागले चालु वर्षमा यति ठूलो रकम असुल गर्नुपर्ने मागसहित एउटै कम्पनीविरुद्ध अभियोग पत्र दर्ता गरेको सम्भवतः यो पहिलो मुद्दा हो ।

बिज्ञापन

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अनुसन्धानका क्रममा वस्तु र सेवा हस्तान्तरण नगरी बिल जारी गरेको, खरिद कारोबार बैंकमार्फत नगरेको, बीजका सिलसिलेबार जारी नगरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको, मुल्य अभिवृद्धि र आयकर दाखिला नगरेकोलगायतका गल्ती भेटिएको थियो ।

यस्तै, मूल्य अभिवृद्धि कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट गरेको अभियोग लगाइएको छ।

बिज्ञापन

देवलाई मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपैयाँ र आयकरतर्फ रू १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपैयाँ गरी जम्मा रु. ६० करोड ४६ लाख १५ हजार २५८ रुपैयाँ बिगो कायम गरी बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी जम्मा १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपैयाँ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१) (घ) बमोजिम कैद सजायको मागदाबी लिई आज उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको  छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

बिशेष