कहाँ-कहाँ चुकिन इन्सपेक्टर चुनु ?

अञ्जनकुमार हिमाली

बिज्ञापन

भन्ने गरिन्छ पैसा देखेपछि महादेवको पनि तीन नेत्र । अर्थात पैसाको अगाडि धेरैले मन थाम्न सक्दैनन् । सत्य र निष्ठाको कुरा गर्ने कतिपय मानिस समेत पैसा देखेपछि आर्दश,निष्ठा भुल्छन् । आफूलाई पैसाको कुनै प्रवाह नभएको हाँक लगाउने प्रहरी निरीक्षक बिनुकुमारी शाही ठकुरी ३० लाख घुस खाएको आरोपमा निलम्बनमा परिन । निलम्बनकै तहमा त पुगिसकेकी छैनन् तर यस्तै आर्थिक अपचलनमा मुछिएकी छिन्, प्रहरीले निरीक्षक चोनु कुमारी गुरुङ। कार्यालय छाडेर सरुवा हुने समयमा उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको हो ।

बिज्ञापन

माइतीगाउँको ईलाका प्रहरी कार्यालय भोटेओडार लमजुङको इन्चार्ज चोनु गुरुङले हिजो वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख रेशम बोहराको हातबाट प्रहरी हाताभित्र निर्मित प्रतीक्षालयको उद्घाटन गराइन । आन्तरिक स्रोत, प्रहरीकै श्रमदान भन्दापनि बाहिरी नागरिकहरुको ठुलो लगानीमा निर्माण समिति बिना प्रतीक्षालय बनाइयो । सो प्रतीक्षालय निर्माणमै लाखौ घोटाला भएको अहिले जनगुनासो सुनिन थाल्यो। एकवर्षे आफ्नो अवधि पूरा गरेर हिंड्न् लाग्दा निर्माण भएको प्रतीक्षालयका लागि विभिन्न सघ सस्था र स्थानीय बासिन्दाहरुले मन फुकाएर सहयोग गरे । तर सहयोगी मनहरुले जसरी मन फुकाएर धन दिएका थिए, चोनुले भने फुकाइनन,विवरणलुकाइन । शीलालेखमा केही दाताहरूको नाम त लेखिन तर कसले कति दान गरे त्यो लेख्न लगाइन् । बताइए अनुसार,समुता गुरुङ समाज सुनपा ८ भोटेओडारबाट ७५ हजार, सुनपा ९ सिर्जनशील समाज पैरे, ७१ हजार संकल्प समाजबाट २० हजार, बुद्ध कुमारी गुरुङ, सोमलाल गुरुङ, कृष्ण बहादुर गुरुङ, सन्त गुरुङ, नवीन गुरुङ लगायतले जनही
पाँच पाँच हजार, प्रेम जिसी ९ लसुने खोला खानेपानी उपभोक्ता समितिले ६ थान मोटो फलाम पाइप उपलब्ध गराएका थिए । यस्तै लिलामान श्रेष्ठ तनहुँ बाइसजागरकाले ८ सय पिस मार्वल ढुङ्गा दिएको, मर्स्याङ्दी गाउँपालिका खुदीका प्रेम गुरुङले पनि मार्वल कटिङ ढुङ्गा दिएको उल्लेख छ । भोटेओडारकै थापा कान्छाले इट्टा बालुवा तीन टिप्पर ढुंगा आदि उपलब्ध गराए तिनको कुनै लेखाजोखा नै भएन ।  प्रहरी निरीक्षक चोनुले आफ्नो पिएसओमार्फत फलाम बेची खाएको । उनको अभियानलाई डिभिजन वन कार्यालय लमजुङले समेत १० थान चापको थाम उपलब्ध गराएको थियो तर उनले ती दाताहरुलाई सम्झन चाहिनन ।

समुदायबाट प्रशष्त आर्थिक र निर्माण सामाग्री जुटाएर अगाडि बढाइएको उक्त निर्माणको काम उपभोक्ता समितिमार्फत हुनुपर्नेथ्यो तर चुनु उआफैं अग्रसर भएर गर्दा उनी नराम्ररी चिप्लिन पुगेकी छिन् ।

बिज्ञापन

अझ रमाइलो पक्ष त समुदाय प्रहरी साझेदार भनिएपनि उनले कुनै जनप्रतिनिधिलाई सो प्रतीक्षालय समुद्घाटन कार्यक्रममा बोलाउन चाहिनन । विगतका प्रहरी प्रमुखहरूले निकै कोर्डिनेशन गरि काम गरेका सोही स्थानका वडाअध्यक्ष बिजेन्द्र थापा, मनराज गुरुङलाई सुइँको समेत दिइएन । यसै विषयलाई लिएर सुनपा ८ वडाध्य्क्ष बिजेन्द्र थापाले त आफ्नो फेसबुकवालमा चोनुले आर्थिक अनियमितता गरेको आरोप समेत लगाएका छन । उनीमाथि केही ठेकेदारहरुले नदिजन्य खनिज पदार्थमा आँखा लगाएर राम्रै लक्ष्मी भित्र्याएको समेत भन्न भ्याएका छन । तर आरोप लगाउनेहरुले दसी प्रमाण दिन भने मानेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष