वीरकी नर्सिङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठलाई कारवाही माग्दै उनीबाट पीडित कर्मचारीले अख्तियारलगायत विभिन्न निकाय गुहारेका छन् । श्रेष्ठ मातहत कार्यरत पीडित कर्मचारीहरुले उहाँलाई कारबाहीको लागि माग गर्दै विभिन्न निकायमा उजुरी समेत गरेका छन् ।

बिज्ञापन

श्रेष्ठकले आफूहरुलाई दुःख दिने गरेको भन्दै कारबाही गरी सरुवा गर्न पनि कर्मचारीले माग गरेका हुन् । कर्मचारी छनोट गर्दा भ्रष्टाचार गरेकोसमेत आरोप छ । पीडित कर्मचारी समूहले प्रमख श्रेष्ठ कार्यालय समयमै विभिन्न कलेजमा पढाउन जाने गरेको आरोपसमेत लगाएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर पीडितहरुले नर्सिङ प्रमुख श्रेष्ठलाई कारबाही गर्न माग गरेका हुन् ।

उनीहरुले विभिन्न आर्थिक, प्रशासनिक अनियमितता र ज्यादती तथा विभेदविरुद्ध श्रेष्ठमाथि आवश्यक छानबिन गरी हदैसम्म कारबाही गर्न माग गरेका छन् । साथै उनलाई तत्कालै वीर अस्पतालबाट सरुवा गर्न पनि अनुरोध गरेका छन् । सम्बन्धित निकायहरुमा लेखिएको पत्रमा अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेको, कर्मचारी भर्नामा अनियमितता गरेको, जातीयताका आधारमा विभेद गरेको, सरसफाइ सम्बन्धी सामान आयातमा मिलेमतोमा अनियमितता गरेको लगायतका भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

बिज्ञापन

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष