२ जब्बर उपसचिव गृहमै फिर्ता, सहसचिव दरबन्दी भएका पाँच जिल्लामा अझैं उपसचिव सिडिओ

गृह मन्त्रालयले सहससिचवको दरबन्दीमा कार्यरत रहेका २ जना उपसचिवलाई फिर्ता गराएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेल र आफ्नै गृहजिल्ला दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा सरुवा गरेर त्यहाँ सहसचिवलाई पठाएको छ ।
मन्त्रालयले तनहुँका प्रजिअ एवं सहसचिव श्याम कृष्ण थापालाई रामेछाप खटाएको छ भने नुवाकोटबाट दुई महिना अगाडि मन्त्रालयमा आएका रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँको प्रजिअमा पदस्थापन गरिएको छ भने बद्रीनाथ गैह्रेलाई दैलेख जिल्लामा खटाएको छ ।
यस्तै चार महिनाभन्दा लामो समयदेखि अतिरिक्त समूहमा रहेका बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थन्काएको छ ।

बिज्ञापन

गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अझैं पाँच जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

बिज्ञापन

अहिले सहसचिव दरबन्दी रहेका डोटीमा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । उनी २०८१ कार्तिक १२ देखि त्यहाँका प्रमुख जिल्ला अधिकारी छन् । यस्तै वैतडीमा दीर्घराज उपाध्याय,८१ कार्तिक १२ देखि प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् । डडेल्धुरामा चोमेन्द्र न्यौपाने गत भदौंदेखि प्रमुख जिल्ला अधिकारी रहेका छन् ।
यस्तै, गत असोज ९ गतेदेखि जुम्लामा राम बहादुर शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । सल्यानमा सावित्रा पुन प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । गृहले रामेछापमा राजुप्रसाद पौडेल र आफ्नै गृह जिल्ला दैलेखबाट उपसचिव नवराज जैसीलाई गृहमा फिर्ता बोलाएसँगै सहसचिव प्रमुख जिल्ला अधिकारी हुनुपर्ने अझैं पाँच जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी छन् ।मापदण्ड विपरित खटाइएका ती उपसचिवहरुलाई अझैं फिर्ता बोलाउन सकेको छैन,मन्त्रालयले ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व

कृषि विकास बैंकले माग्यो लेखा सहायकदेखि शाखा प्रमुखसम्मको कर्मचारी

बिशेष