एकत्रित हुँदै प्रदेश निजामती सेवाका कर्मचारी

संघीय निजामती सेवा विद्येयक अन्तिम चरणमा पुग्दा प्रदेश निजामती सेवाका कर्मचारीहरु समेत एकत्रित हुन थालेको छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विद्येयकलाई अन्तिम चरणमा पुर्याउने तयारी गरिरहँदा विभिन्न मागहरु सहित आफ्ना अधिकारका लागि प्रदेश निजामती सेवामा कर्मचारीहरु एकत्रित भएका हुन । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाकै हुनुपर्ने, प्रदेश सचिव प्रदेश सेवाकै हुनपर्ने र अन्तर प्रदेश सरुवाको ब्यवस्था हुनुपर्ने माग राखेका छन् ।
प्रदेश अधिकृत हित संरक्षण अभियानको नाम दिएर एकीकृत भएका कर्मचारीहरुले हाल राज्य व्यवस्था सुशासन समितिले प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघकै हुने र उनीहरुको खटन पटन समेत १० बर्षसम्म संघले नै गर्ने गरी विद्येयक बनाएकोमा उक्त विद्येयकको पसर्नविचार गरिनुपर्ने र अन्तर प्रदेश सरुवाको व्यवस्था गरिनुपर्ने आवाज पेचिलो रुपमा उठाएका छन् ।

बिज्ञापन

यस्तै प्रदेशका कर्मचारीहरुले संघीय निजामती सेवामा प्रदेश निजामती सेवाका कर्मचारी लाई समेटिनु पर्ने माग राखेका छन् । उनीहरुले उपसचिवमा प्रतिस्पर्धा गर्दा पहिलेकै व्यवस्था बमोजिम ५ बर्ष कायम गर्नु पर्ने, सहसचिव पदमा खुला प्रतियोगितामार्फत १० प्रतिशत कायम कायम गर्नु पर्ने माग राखेका छन् । यस्तै कर्मचारीहरुले संघीय सेवाका पदमा प्रदेश र स्थानीय तहका कर्मचारी लड्न पाउने गरि अन्तरतह को व्यवस्था गरिनुपर्ने माग राखेका छन भने एक तह बाट अर्को तहमा पदोन्नति हुँदा सेवाअवधी जोडिनु पर्ने लगायतका माग राखेर एकत्रित भएका हुन ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

यज्ञबहादुर ओलीः वैचारिक स्पष्टता, संस्थागत पारदर्शिता र युवा नेतृत्वको झिल्कासहित युनियन अध्यक्षतर्फको यात्रा

मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

बिशेष