एकत्रित हुँदै प्रदेश निजामती सेवाका कर्मचारी

संघीय निजामती सेवा विद्येयक अन्तिम चरणमा पुग्दा प्रदेश निजामती सेवाका कर्मचारीहरु समेत एकत्रित हुन थालेको छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विद्येयकलाई अन्तिम चरणमा पुर्याउने तयारी गरिरहँदा विभिन्न मागहरु सहित आफ्ना अधिकारका लागि प्रदेश निजामती सेवामा कर्मचारीहरु एकत्रित भएका हुन । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाकै हुनुपर्ने, प्रदेश सचिव प्रदेश सेवाकै हुनपर्ने र अन्तर प्रदेश सरुवाको ब्यवस्था हुनुपर्ने माग राखेका छन् ।
प्रदेश अधिकृत हित संरक्षण अभियानको नाम दिएर एकीकृत भएका कर्मचारीहरुले हाल राज्य व्यवस्था सुशासन समितिले प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघकै हुने र उनीहरुको खटन पटन समेत १० बर्षसम्म संघले नै गर्ने गरी विद्येयक बनाएकोमा उक्त विद्येयकको पसर्नविचार गरिनुपर्ने र अन्तर प्रदेश सरुवाको व्यवस्था गरिनुपर्ने आवाज पेचिलो रुपमा उठाएका छन् ।

बिज्ञापन

यस्तै प्रदेशका कर्मचारीहरुले संघीय निजामती सेवामा प्रदेश निजामती सेवाका कर्मचारी लाई समेटिनु पर्ने माग राखेका छन् । उनीहरुले उपसचिवमा प्रतिस्पर्धा गर्दा पहिलेकै व्यवस्था बमोजिम ५ बर्ष कायम गर्नु पर्ने, सहसचिव पदमा खुला प्रतियोगितामार्फत १० प्रतिशत कायम कायम गर्नु पर्ने माग राखेका छन् । यस्तै कर्मचारीहरुले संघीय सेवाका पदमा प्रदेश र स्थानीय तहका कर्मचारी लड्न पाउने गरि अन्तरतह को व्यवस्था गरिनुपर्ने माग राखेका छन भने एक तह बाट अर्को तहमा पदोन्नति हुँदा सेवाअवधी जोडिनु पर्ने लगायतका माग राखेर एकत्रित भएका हुन ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष