मेयर कमरेड विरुद्ध बलात्कारको आरोप

सिन्धुलीको दूधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ ।जिल्लाकै एक महिलाले अधिकारीले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले मेयर अधिकारीविरुद्ध बिहीबार जाहेरी परेको जानकारी दिए । ‘जाहेरी दर्ता भएको छ, अब अनुसन्धान अघि बढाउँछौं,’ एसपी काफ्लेले भने । पीडित महिलाले आफू बलात्कृत भएको र सन्तानसमेत जन्मिएको जाहेरीमा उल्लेख गरेकी छिन् । मेयर अधिकारी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

बिज्ञापन

अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन् । उनकी श्रीमती सम्झना अधिकारी जिल्ला समन्वय समितिको पूर्व उपप्रमुख हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव उपाध्यायको दृष्टिकोण: ब्युरोक्रेसी व्यवस्थापनमा सतर्कता अपरिहार्य छ

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

बिशेष