मेयर कमरेड विरुद्ध बलात्कारको आरोप

सिन्धुलीको दूधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ ।जिल्लाकै एक महिलाले अधिकारीले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले मेयर अधिकारीविरुद्ध बिहीबार जाहेरी परेको जानकारी दिए । ‘जाहेरी दर्ता भएको छ, अब अनुसन्धान अघि बढाउँछौं,’ एसपी काफ्लेले भने । पीडित महिलाले आफू बलात्कृत भएको र सन्तानसमेत जन्मिएको जाहेरीमा उल्लेख गरेकी छिन् । मेयर अधिकारी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

बिज्ञापन

अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन् । उनकी श्रीमती सम्झना अधिकारी जिल्ला समन्वय समितिको पूर्व उपप्रमुख हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष