निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा यादव र अन्सारीले भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

बिज्ञापन

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

नगरपालिकाबाट आव २०७७/७८ मा सञ्चालन भएका ठेक्काहरू (क्रमशः ठेक्का नं. ०२/२०७७/७८ र ठेक्का नं. ०३/२०७७/७८ ) को बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा अभिलेखमा राख्ने प्रयोजनका लागि मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

बिज्ञापन

झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको हुँदा यादव र अंसारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले ३ लाख ५२ हजार ५६० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै केएस मल्टिपरपोज कम्पनीका अध्यक्ष उपाध्यायले पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७–७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी ठेक्काका लागि मात्रै अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको पुष्टि भएको भन्दै उक्त कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कसुर गरेको भन्दै मुख्य कसूरदारलाई हुने सजायलाई आधार मानेर उक्त कम्पनी तथा कम्पनीका अध्यक्ष उपाध्यायलाई मुख्य कसूरदार सरह सजाय गरी बिगो असुल गर्न मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष