९ बाणिज्य बैंकको नाफा घट्यो

वाणिज्य बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ दशमलव ४५ प्रतिशतले बढेको छ । गएको वर्षको साउनदेखि चैत मसान्तसम्म ४० अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका २० वटा बैंकहरूले यो वर्षको साउनदेखि चैत मसान्तसम्ममा ४१ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

बिज्ञापन

२० मध्ये ९ वटा बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ भने ११ वटाले नाफा बढाएका छन् । कुमारी, सिटिजन्स, एनआईसी एशिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम कमर्सियल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको हो । यीमध्ये एनआईसी एशियाको नाफा झन्डै ९२ प्रतिशतले घटेको छ । यस्तै हिमालयनको ७४ र कुमारी बैंकको ७३ प्रतिशतभन्दा धेरैले नाफा घटेको छ ।

बिज्ञापन

सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २ हजार ३२ प्रतिशत अर्थात् २१ गुणाले बढेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष