पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

डेढ महिना अघि सिडियोको रुपमा जिल्ला प्रशासन सम्हाल्न पुगेका एक सहसचिव आफ्नै अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका छन् । नागरिकता विहिन एक पीडित सेवाग्राहीको बिषयमा जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारीले दलालको आरोप लगाएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले विज्ञप्ति नै निकालेर प्रमुख जिल्ला अधिकारीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिज्ञापन

यस्तो अप्ठ्यारोमा परेका हुन, बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  । मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्माले नागरिकताबाट वञ्चित एक पीडितको विषय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई टेलिफोन सम्पर्क गरेका थिए तर प्रमुख जिल्ला अधिकारी जोशीले जबाफमा ‘नागरिकताका लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्दै अपशब्द प्रयोग गरेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ ।

बिज्ञापन

समाचारका लागि फोन गर्दा पत्रकारलाई दलाल भन्दै गालीगलौज गरेको घटनामा चासो व्यक्त गर्दै महासंघले विज्ञप्तिमार्फत सिडिओ धर्मराज जोशीमाथि छानविन गर्न र दोषी भए कानुनी दायरामा ल्याउन माग गरेको हो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तिमा उक्त कार्य अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख छ ।

जोशी यस अघि रमेश लेखक गृहमन्त्री नियुक्ति हुने वित्तिकै कञ्चनपुरको सहायक जिल्ला अधिकारीबाट मन्त्रीको सचिवालयमा तानिएका थिए पछि बद्री तिवारी हावी हुँदा उनी अध्यागमनमा पुगे । त्यहाँ रहँदा सहसचिवको परीक्षामा भिडेर नाम निकालेर गृहमा पोष्टिङ भएका उनी बाँकेको प्रमुख जिल्ला अधिकारी गत फाल्गुन २६ देखि कुर्सीमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संयोग कि प्रतिशोध : सचिव बनेलगतै पूर्व पत्नीलाई दुर्गम सरुवा

जहाँ जुनियर हाकिमले सिनियर कर्मचारी खटन पटन गरिरहेछन्

प्रदेश लोकसेवाले माग्यो अधिकृत सातौं तहका लागि १८७ कर्मचारी

थप दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

टोखा नगरपालिकामा सुशासनको अभ्यास : सेवा प्रवाहदेखि प्रशासनिक सुधारसम्म

निर्वाचन आचारसंहिता ०८२ जारी,कर्मचारी सरुवा- बढूवा प्रभावित

हराएका २० प्रहरी खोज्दै हेडक्वार्टर

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

बिशेष