गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

नेपाल राष्ट्र बैंकको १८औं गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने गरी सत्तामा रहेका काँग्रेस र एमालेका शीर्षस्थ नेताहरुबीच सहमति भइसकेको छ । सोही सहमति अनुसार अगाडि सारिएका पात्र हुन डा गुणाकर भट्ट ।

बिज्ञापन

सोही योजना अनुसार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिए । गभर्नरको सशक्त दाबेदारको रुपमा हेरिएका भट्टलाई पछिल्लो समय नेपाली कांग्रेसको कोटाबाट उनको नाम सिफारिस हुने प्रवल सम्भवना देखेपछि आज बिहान राजीनामा दिएका हुन ।

बिज्ञापन

राजीनामा पत्र बोकेर भट्ट बिहानै गभर्नरको कार्यकक्षमा पुगेका थिए । तर, कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी छिन् । गभर्नर बन्ने लाइनमा रहेकी कायम मुकायम निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे पछि गनर्भर नियुक्ति प्रक्रिया थप पेचिलो बन्न पुगेको छ । राजीनामा पत्र बोकर कायम मुकायम गभर्नर ढुंगनालाई बिहानै भेट्न कार्यकक्षमा पुगेका भट्टलाई तिमिल्सिनाले तपाईंको राजीनामा मैले लिने पनि होइन । कर्मचारीको राजीनामा एचआर डिपार्टमेन्टमा दर्ता गर्नुस् भन्दै फिर्ता पठाएकी छिन् ।

यद्यपि नेपाल राष्ट्र बैंकका प्रवत्ता रामु पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकति प्रक्रियामा रहेको जनाएका छन् । उहाँले आज बिहान राजीनामा बुझाउनु भएको छ, त्यसको केही प्रक्रिया पूरा भएपछि आइतबार वा सोमबारसम्म स्वीकृति हुनेछ ।

बिज्ञापन

उता ,गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । दिउँसो दर्ता भएको रिटलाई अदालतले पर्सि आइतबार पेशीमा चढाउने जानकारी दिएको छ । गभर्नरको नियुक्तिसम्बन्धी मापदण्ड संशोधनका सम्बन्धमा परेको यसअघिको रिटसँगै आइतबार नै पेशीमा चढाउने गरी पूरक निवेदन दर्ता स्वीकार गरेको अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

अधिकृतदेखि सचिवसम्मको सरुवामा जेनजी अभियन्ताको दवाब

प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

मन्त्रीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि काफ्लेले दिए राजीनामा,कामचलाउको जिम्मेवारी पाए पौडेलले

बिशेष