२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले प्रशासन सेवाका १९ ,शिक्षा सेवाका १,इञ्जिनियरिङ सेवाका २,विविध सेवाका ३ गरी २५ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार ७ अधिकृतहरु गृहमा प्रवेश पाएका छन् । विभिन्न मन्त्रालय वा निकायबाट गृहमा इन्ट्री भएका अधिकृतहरुमा उद्योगबाट महेन्द्र सिंह रावल,यातायात व्यवस्था सेवा कार्यलय सुर्खेतबाट बम बहादुर नेपाली,स्वास्थ्य सेवा विभागबाट शितल बहादुर रावल,सूचना तथा प्रशारण विभागबाट विनोद रोक्का,सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट प्रदीप गिरी,संष्कृति मन्त्रालयबाट मानबहादुर सारु र सामान्यको अतिरिक्त समूहमा रहेका प्रकाश पौडेल रहेका छन् ।

बिज्ञापन

यस्तै,आर्युवेद चिकित्सालय नरदेवीबाट केशव ज्ञवाली र अख्तियारबाट टासी शेर्पा र शिवराम महर्जनलाई संष्कृति मन्त्रालयमा सरुवा हुँदा जिप्रका सिन्धुपाल्चोकबाट रुद्र वीर कार्की र रेल विभागबाट शैलेन्द्र ढकाल निर्वाचन आयोगमा पुगेका छन् । वाणिज्य आपूर्ति विभागबाट गिरीराज मिश्र अर्थमा सरुवा हुँदा सर्वदल शाही कर्णाली लोकसेवा आयोगबाट युवा तथा खेलकुद,वन तथा वातावरणबाट सुसिल पकुवाल उद्योगमा सरुवा भएका छन् ।

सूची अनुसार,योगेश्वर खत्रीलाई कर्णाली प्रदेशबाट शिक्षा मन्त्रालयमा ल्याइएको छ भने नापी कार्यालय पर्वतबाट सुस्मिता सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी,संगीता थापालाई महिला आयोगबाट महिला मन्त्रालयमा लगिएको छ ।

बिज्ञापन

कृष्णराज रेग्मीलाई जिप्रका सर्लाहीबाट भौतिक मन्त्रालय,कान्ति बाल अस्पतालबाट डमरु दाहाललाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिँदा तोप लाल भुषाल नारायणहिटी दरबार संग्रालयबाट श्रम,सहकारी विभागबाट प्रेम शर्मालाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्यबाट फणिन्द्र गिरीलाई भूमि मन्त्रालयमा लगिएको छ ।

यस्तै लेखबहादुर बस्नेतलाई मर्चवारी गाउँपालिकाबाट सामान्यको अतिरिक्त समूहमा तानिँदा देवी जोशी जिसस कैलालीबाट पूर्वीचौकी गाउँपालिका डोटीमा कामकाज सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष