अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिका ६ स्थित किम्नी खोलामा ट्रस पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
बिज्ञापन
अख्तियारले आइतबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु तीर्थराज थापामगर र खगेन्द्र साउदसहित त्रिवेणी नगरपालिकाका तत्कालीन इन्जिनियर नविन साउद र सबइन्जिनियर राजेन्द्र बहादुर बिक,असिस्टेन्ट सब-इन्जिनियर राजेन्द्र बहादुर साउद, किम्नी खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोपपत्र दर्ता गरेको हो ।
बिज्ञापन
उनीहरूले गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
पुल निर्माणमा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानबिन हुँदा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा उत्खनन, ढुङ्गा सोलिङ, पीसीसी, स्टिल, स्टिल पाट्र्स र सिमेन्ट एलएस यातायातमा माटोको काम वास्तविक फिल्डमा भएको कार्य भन्दा नापी किताबमा बढी चढाइ झूटो बिल भुक्तानी गरेको देखिएको अख्तियारको भनाइ छ ।