रक्ष राईको नयाँ ग्रन्थ ‘डायस्पोराः अवधारणा र अभ्यास’ बजारमा

 

बिज्ञापन

काठमाडौँ । नेपाली साहित्यमा कवि तथा कथाकारका रूपमा स्थापित ब्रिटिस गोर्खा सैन्य सेवाबाट अवकाशप्राप्त रक्ष राई पछिल्लो समय विचारक तथा सिद्धान्तकारका रूपमा चिनिएका छन् । मिजास तेम्बेसँगको सहलेखनमा वि.सं. २०६८ मा ‘नवचेतनाग्रह’ नामक नितान्त नवीन सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याएका राईले तेम्बेसँगकै सहलेखनमा वि.सं. २०७२ मा ‘डायस्पोरा सिद्धान्तः सिर्जना र समालोचना’ नामक डायस्पोरिक सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याए । भोक्ताहरूका तर्फबाट प्रकाशनमा आएको संभवतः यो नै पहिलो सैद्धान्तिक ग्रन्थ थियो । त्यसपछि राईको मन सिद्धान्तमै रमायो । वि.सं. २०७९ मा ‘युद्ध सौन्दर्य चिन्तन’ ल्याएका राईले हालै ‘डायस्पोराः अवधारणा र अभ्यास’ नामक सैद्धान्तिक ग्रन्थ लेखेका छन् । ग्रन्थ रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

बिज्ञापन

‘डायस्पोराः अवधारणा र अभ्यास’ (गोर्खाली आप्रवासनको सन्दर्भ) नामक यस ग्रन्थमा अवधारणा र अभ्यास गरी दुई खण्ड छन् । अवधारणा खण्डमा सङ्क्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ । यसै गरी दोस्रो खण्डमा बेलायती नेपाली डायस्पोराका साथै साहित्य र सिर्जनाका विषयमा लेखिएको छ ।

प्रख्यात डायस्पोरिक समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले एक विद्याधारिधि गर सरह परिश्रमले सिँचिएको ग्रन्थ प्रत्येक प्राज्ञिक अनुष्ठानमा पुग्नुपर्ने विचार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “नेपाल–भारतका नेपाली समुदायले अध्ययन–अध्यापन गर्ने विश्वविद्यालय र कलेजमा यस ग्रन्थ पुगोस् ।” डायस्पोरिक साहित्यको अध्ययन तथा अनुसन्धान गर्न चाहने अध्येता तथा अध्यापकहरूका लागि उपयोगी ६४० पृष्ठको उक्त ग्रन्थकोे मूल्य रु. ११९९ रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

बिशेष