मन्त्रीको कार्यकक्ष बनाउँदा ९० लाख स्वाहा !

एकातिर ‘राजश्व उठेन,मुलुक टाट पल्टिन लाग्यो’ भन्ने चिन्ता,अर्काेतिर मन्त्री सचिवको तेल,भ्रमण, कार्यालय सञ्चालनको खर्च घटाएर सुशासन कायम गर्ने गफ जोत्नेहरुले  एकपटक उपप्रधान तथा शहरी विकास र खानेपानी मन्त्रीको कार्यकक्ष निर्माणमा लागेको खर्चको हिसाब किताब खोजे हुने हो ! तर यस्तो फुर्सद कस्लाई छ र ?

बिज्ञापन

मन्त्रीको एउटा कोठा निर्माण तथा डेकोरेशन गर्दा ५०‑७० लाखको खर्च आउँछ । जब देशको ढुकुटी चलाउनेहरू नै मितव्ययी छैनन् भने अरुले मुठी कस्नु के र कसका लागि ?

बिज्ञापन

यी कार्यकक्ष कसले बनायो भनेर सोधखोज गर्दै जाँदा शहरी विकास मन्त्रालय मातहतकै कार्यालयले गरेको पाइएको छ । सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा आगो लाग्छ,ठेकेदार र कर्मचारीकै गोजी मोटाउँछ । मन्त्रीका एउटा कार्यकक्ष निर्माण गर्न लाग्ने खर्चले सर्वसाधरणले साढे तीन तल्ले घर फिनिसिङ्गसहित ठडाउन सक्छ तर अवसर पाए कात्रोमा समेत कमिसन खान पछि नपर्ने व्युरोक्रेसीलाई मन्त्रीको कार्यकक्षमा भएको आगलागी राम्रै आय आर्जनको माध्यम बन्न पुगेको छ ।
गत माघ २६ गते खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगो लाग्यो । क्षति मूल्याङ्कन गर्न सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा खानेपानी मन्त्रालयका उपसचिव र गोजीकै इन्जिनियर गणेश पाण्डे सदस्यतामा एउटा समिति बन्यो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको हिसाब किताब निकाल्यो । तर  न त क्षती पु¥याउने न त दोषीकै खोजी भयो न कुनै कारवाही । यता ५० लाखको क्षती,उता त्यही कार्यालय बनाउने नाममा थप ९० लाखको खोलो बगाइएको भेटिएको छ,गणेशमान पुत्र प्रकाशनमानले नेतृत्व गरिरहेको शहरी विकास मन्त्रालय मातहतको कार्यालयले । यसरी ओली सरककारका एक उपप्रधानमन्त्री र अर्काे मन्त्रीको कार्यकक्ष बनाउने र सिङ्गार्ने नाममा झण्डै डेढ करोड रकम खोलो बगाइएको भेटिएको हो ।

गत माघ २६ गते खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भयो । दुई महिना लगाएर मन्त्रालयको चौथो तलामा रहेको मन्त्रीको कार्यकक्ष निर्माणको झण्डै नब्बे लाख खर्चिएको पाइएको छ । मन्त्री यादवको कार्यकक्ष पुर्ननिर्माणको जिम्मेवारी पाएको थियो, सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले । सिंहदरबारस्थित मन्त्रालयहरूमा कुनै पनि निर्माण, मर्मत वा रेनोभेसनको काम गर्नुप¥यो यही कार्यालयले गरिरहेको छ । मन्त्रीको कार्यकक्षमा वाल पेपर लगाउनेदेखि फर्निचरदेखि गलैचासम्म ओछ्याउने ठेक्का लामा थरका एक ठेकेदारले पाएका थिए भने छानो हाल्ने काम धिरज गिरीले पाएका हुन । झण्डै नब्बे लाख खर्चेर मन्त्री यादवको कार्यकक्ष नयाँ बनाइएको स्रोतको दावी छ । त्यहाँ हालैमात्र सिसी क्यामरा जडान गरिएको छ,अन्यत्र एक लाखमा जडान गर्न सकिने सिसि क्यामरा जडान गर्दा पाँच लाखको विल पेश भएको छ । आर्थिक कार्यविधिअनुसार पाँच लाखभन्दा बढीको काममा टेण्डर गर्नुपर्छ । त्यसैले टुक्र्याएर खर्च गरिँदै छ । फर्निसिङको अलग्गै, रंगरोगन, एसी, सोफाका अलग–अलग शीर्षक बनाएर । कामचाहिँ एउटैलाई गराइने गरेको स्रोतको् दावा छ ।

बिज्ञापन

उता सोही कार्यालयले उपप्रधानमन्त्री प्रकाश मान सिंहको कार्यकक्ष सिंगार्दा झण्डै ६० लाख उडाएको छ । सादगी नेता गणेशमान पुत्र प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीको कार्यालय र कार्यकक्ष उपप्रधानमन्त्रीको जस्तो नभएको भन्दै उक्त कार्यकक्ष भत्काउन निर्देशन दिए । त्यहाँ नयाँ वालपेपर,कार्पेट,सोफा सेटदेखि तीन तीन वटा एलइडी टिभी सेट समेत जडान गर्दा उक्त कार्यालयले झण्डै ६० लाख उडाइएको छ । त्यहाँ मन्त्रीका लागि ‘गोप्य कक्ष’,कार्यकक्ष केही फराकिलो, सचिवालयमा सोफा, कुर्सी, टेबुल लगायतका फर्निचर र अरू फर्निसिंग सामग्रीका अलवा तीन तीन वटा ७५ इञ्च,६५ इञ्च,५५ इञ्चको सोनीको टिभी जडान गरेर झण्डै ६० लाख खोलो बगाइएको हो । यो निर्माणको काम ठेकेदार भुवन तुलाधरले गरेको जनाइएको छ । उता सो कार्यालयबाट हुने ठेक्का पट्टाको भुक्तानी लिनका लागि समेत ठेकेदारहरुले कर्मचारीहरुलाई २० देखि २५ प्रतिशतसम्म कमिसन बुझाउनु पर्ने गरेको पीडित ठेकेदारहरुको गुनासो छ । अहिले सो कार्यालयका प्रमुख छन् चक्रवर्ति कण्ठ । जागिरे जीवनमा सदैव मालदार र कमाउ अङ्गामा बस्दै आएका उनै कण्ठहरुकै मिलेमतोमा बदमासी भएको उजुरी अख्तियारसम्म पुगेको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा २८ करोडमा जडान गर्न सकिने बत्तिको ठेक्का ६५ करोड पु¥याएर ठेकेदार र आफू मोटाउने गरी चाँजो पाँचो मिलाउने उनकै टिम हुन भनिन्छ ।

उता उनै अशोक राईको  ग्वार्काेमा अवस्थित पार्टी कार्यालयमा सर सामानको ठेक्का पाए । अशोक राई महासचिव इस्तियाक राईको आग्रह अनुसार त्यहाँ सामाग्रीहरु हालेका थिए तर  १५ लाखभन्दा बढी भुक्तानी नपाएपछि रुवावासी गर्दै हिड्ने स्थितिमा पुगेका छन |

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

सहायक रथी खड्का सैनिक हिरासतमा

प्रशासनिक वेथितिको चरम नमुना : गृह र सामान्यको बरण्डामा तीन दर्जन सहसचिव

निजामती विधेयक माग्दै संयुक्त ट्रेड यूनियनद्वारा विरोधका कार्यक्रम

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक बुटवलमा सार्वजनिक

बिशेष