पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ । सर्वोच्च अदालतले फैसला गरेको १० वर्षपछि उनको जग्गालगायतको स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो ।

बिज्ञापन

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कटुन्जेस्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो ।सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । जग्गाको हालको बजारमूल्य करिब १६ करोड रुपैयाँ छ ।

बिज्ञापन

इन्जिनियर खनाल विभिन्न सडक आयोजनामा प्रमुख भएर काम गर्दै २०५६ साल कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म विभागको महानिर्देशक भएका थिए । त्यही क्रममा अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा आयोगले उनको घरमा छापा हानी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।

८ कात्तिक ०६९ मा अख्तियारले उनकै घरमै छापा हानी सम्पत्ति छानबिन थालेको थियो । छापा हान्दा उनको घरबाट तीन लाख ७६ हजार चार सय ७० नगद र सुनका गहना बरामद गरेको थियो । त्यसवेला आयोगले निकै शक्तिशाली व्यक्तिको घरमा छापा हानी छानबिन गरेर मुद्दा दायर गरेको थियो जुन आयोगको इतिहासमै सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

२३ गतेका संयोजक,२९ गते पछि सभापति

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

बिशेष