अतिरिक्त स्वास्थ्य सचिवका लागि २४ जनाको आवेदन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिवका लागि २४ जनाले आवेदन दिएका छन् ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार रिक्त दुई अतिरिक्त सचिव पदमा २४ जनाले आवेदन दिएका हुन् ।

बिज्ञापन

मन्त्रालयमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहले फागुन १२ गते एकै पटक अवकाश पाएका थिए। सचिवमा डा विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन्।

मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। आवेदन दिने आज बुधबार अन्तिम दिन हो।

बिज्ञापन

आवेदन दिनेमा डा. दिपक थापा, डा. सञ्जयकुमार ठाकुर, डा. यदुचन्द्र घिमिरे, डा. कृष्णप्रसाद पौडेल, डा. किरणमणि पौडेल, डा. सरोज शर्मा, डा. रुना झा, डा. चुमनलाल दास, डा. अनुज भट्टचन, डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय, दुर्गालक्ष्मी श्रेष्ठ, डा. सरोज शर्मा, डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल र डा. किरणमणि पौडेलले बढुवाका लागि आवेदन दिएका छन् ।

यस्तै, डा. राजन पाण्डे, डा. प्रभा चापागाईँ, डा. श्रीकृष्ण श्रेष्ठ , डा. विष्णुप्रसाद शर्मा, डा. प्रविण श्रेष्ठ, डा. केशरबहादुर ढकाल, २४. डा. विनोदविन्दु शर्मा, डा. श्रवण कुमार थापा, डा. अजित रायमाझी, डा. चन्द्रभाल झा र डा. डेलसिह जोशी रहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गाउँपालिकामा निमित्तको राज निमिट्यान्न पार्दै सरकार,४१ नगरपालिकामा अझैं छैनन् प्रमुख प्रशासकीय

सामान्यमा ‘रैथाने’ कर्मचारीको रजगज,नयाँ सरकारले चलाउने देखाएन हिम्मत

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

बिशेष