सहसचिवले दिए राजीनामा, यस्तो छ कारण

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो ।

बिज्ञापन

विद्युत् प्राधिकरणमा तीन दशक काम गरेका अधिकारी विद्युत् व्यापार, अन्तरदेशीय ऊर्जा आदान–प्रदान तथा नीति विज्ञ मानिन्छन् ।

राजीनामा दिएसङै उनले सामाजिक संजाल फेसबुकमा लेखेका छ्न ।

बिज्ञापन

उर्जा मन्त्रालयको दैनिकिबाट मैंले संघारमा आइपुग्दै गरेको नयाँ बर्षको सुरुवातसँगै विश्राम लिएको छु। होला, अर्को बिहानी पो कतै मेरैलागि प्रतीक्षारत छ कि! यात्रा सायद त्यस्तै हुन्छ- एउटा चरणमा पुगेर विश्राम, अनि फेरि अर्को चरण शुरु!
गत भाद्र १३ गतेको मन्त्रीपरिषद्को बैठकले मलाई विशिष्ट श्रेणी बराबरको बरिष्ठ उर्जा बिज्ञ पदमा नियुक्ती गरेको थियो।
पुराना बाटा कहिलेकाहीँ पट्यारलाग्दा हुन्छन, फर्कने छुट पनि नहुन सक्छन्। जस्तो रोबर्ट फ्रोस्टले जे कबिता लेखे निं – “द रोड नट टेकन” भन्ने। मैले नयाँ बर्षमा नयाँ बाटो हिंड्नुपर्यो भनेर आफैले पुरानो बाटोबाट मोडिन खोजेको हुँ। यसमा कसैसँग शिकायत पनि छैन, गुनासो पनि छैन। यो मैले नै तय गरेको बाटो हो। तसर्थ ब्याख्यात्मक टिप्पणी यसले नमाग्ला भन्ठानौं।

उर्जा प्रकृतिको अनुपम कृति हो। त्यही कृतिका खातिर मेरो लगाव र सिर्जनशीलता निरन्तर प्रबाहित हुने नै छ। अभ्यस्त भूमिकाभन्दा अलि फरक रुपरङ्गमा हुन सक्ला, अलि बान्की- बनावटमा भिन्न देखिएला। तर नेपालको उर्जा क्षेत्रमा राज्य र निजि क्षेत्र दुबै सहकार्यमा अघि बढ्नुपर्छ र मात्रै नतिजा आउँछ भन्ने मेरो निचोड उर्जा मन्त्रालयबाट बाहिरिदै गर्दा पनि उत्तिकै प्रगाढ छ। म त्यसमा आफ्नो अनुभव र बिज्ञताका साथ लागिरहने छु।

समग्रमा भन्नुपर्दा, उर्जा मन्त्रालयमा रहँदाको “फ्ल्यासब्याक” त रहने नै भयो। “सोचेझैं जिन्दगी रैनछ” भन्ने गीतको बोलजस्तै केही नयाँ अनुभव गरियो, केही नयाँ पाठ सिकियो। खासमा, यो पनि जीवनको एउटा स्टोरी नै त हो।

केही समय बाहिर पनि जानुछ; “मोनोटोनस/सेड्युल्ड” दिनचर्याबाट अलि रिफ्रेस पनि हुनुछ; अलि निजि र पारिवारिक समय पनि चाहिएको छ। यो मोड र स्टेटस लेखनलाई त्यसैगरी सहजताका साथ बुझिदिनु भए कृतज्ञ हुनेछु।
अन्त्यमा, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यू, सिङ्गो नेपाल सरकार र उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका श्रीमान सचिबज्यूहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै, माननीय मन्त्रीज्यूका सल्लाहकारहरु लगायत स्वकिय/ निजि सचिबालयका सबै साथीहरु, मन्त्रालयका उच्च पदस्थ एबम सम्पूर्ण कर्मचारी मित्रहरूका साथै सन्चारकर्मी मित्रहरू प्रति समेत आभार र सहृदयता प्रकट गर्दछु। र, त्यस बाहिरको दुनियाँमा पनि मेरो केही बैरभाव /दुरासय छैन र थिएन पनि। कहिलेकाहीँ मिर्चि-मसला सहितका खट्टा-मीठ्ठा परिकारहरु एबम ब्याख्या-अपब्याख्या सहित अनुमान र आशङ्कामा गरिने बिना आधारका कथनहरूबाट अहिलेको दुनियाँमा कोहि त अछुतो छैन भने मैले पनि त्यसलाई रंगमञ्चको एउटा पाटो बाहेक अन्य किन पो ठान्नु पर्यो र? “धमिलो पानीमा माछा मार्ने” भन्ने नेपाली कहावत जो छ नि! त्यस कोणबाट “फ्ल्यासब्याक” केलाउँदा समेत सम्बन्धित उहाँहरु प्रति पनि मेरो हार्दिक नमन छ र त्यसमा फेरि पनि मेरो केही गुनासो छैन।

ठ्याक्कै नयाँ बर्षको दिनमा त कता होइएला, भेट होला/नहोला – अहिले नै आसन्न नयाँ बर्षको सबैलाई हार्दिक शुभकामना ।
नेपालको उर्जा क्षेत्र फलोस, फुलोस।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

भोलिदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा

तेल अभाव र महँगीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष