अलपत्र रहेको निजामती बिधेयक छिटै पारित हुने : मन्त्री गुप्ता

 

बिज्ञापन

शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा बिस्वस्त हुन सबैमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गर्नु भएको छ । करिब एक दशक देखि अलपत्र रहेका यि बिधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार छलफल भएको पनि मन्त्री गुप्ताले बताए ।

बिज्ञापन

पर्साको वीरगञ्जमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले आउँदो १२ गते पछि सुरु हुने संसदमा तिनवटा बिधेयकहरु पारित हुने प्रतिब्द्धता व्यक्त गर्नु भएको छ ।

साथै नेपाल प्रहरीसंग सम्बन्धी बिधेयक पनि प्रस्तुत हुने उहाँको भनाई छ । सरकारले तिनवटै बिधेयक बहुमतले पारित गर्नेमा आफु पनि आशावादी रहेको मन्त्री गुप्ताले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले बिभिन्न प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेकोले नेपाली जनताले त्यस्ता तत्वहरुलाई तह लगाउने चेतावनी पनि दिनु भयो ।

बिज्ञापन

देशमा अहिले गलत कुराको प्रचार भईरहेको मन्त्री गुप्ताले बताए । जो राजाले आफनो परिवार बचाउँन सकेन्न उनले देश कसरी बचाउँने ? प्रश्न पनि गरे । उनले गणतन्त्रको बिकल्प नरेहेका पनि बताए ।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।

राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रूपमा समापन भएको तर्क गर्दै मन्त्री गुप्ताले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

भदौं अगाडि निजामती विद्येयक पारित हुने सम्भवना क्षीण, कुन- कुन उच्च प्रशासक मारमा ?

राष्ट्रिय सभामा पेश हुँदै निजामती विद्येयक,संशोधनका लागि ७२ घण्टाको समय

इमान्दार कर्मचारीले भ्रष्टाचारको अभियोगबाट कसरी बच्ने ?

इ गणेशराज वस्तीको कविता : त्यही ओछ्यान प्यारो छ

बजेटको घडी

भवन विभागमा ‘कन्सल्टेन्स माफिया’को बोलबाला : प्रगतिमा गिरावट, डीजीको कमिसनमा वृद्धि

बिशेष