सातामा दुई दिन बिदा,जोर बिजोर प्रणाली लागू गर्न विज्ञहरुको सुझाव

विज्ञहरुले सातामा दुई दिन बिदा गर्ने र जोर विजोर प्रणाली लागू गर्न सुझाएका छन् ।

बिज्ञापन

केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा अस्पतालहरूमा रुघाखोकी र सरुवा रोग जचाउन पुग्नेको संख्या बढिरहेको छ। आँखा पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या प्रायः समस्या लिएर अस्पताल पुग्ने विरामीको भीड बढेको छ ।

बिज्ञापन

वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ ।छलफलमा सहभागी विज्ञहरुले भने,प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन् ।

छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरेका थिए ।

बिज्ञापन

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने सार्वजनिक सवारीसाधनले नभएर करिब २ लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताए ।

छलफललमा उपप्रधानमन्त्री प्रकाशनमान सिंह,वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष