कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको नेतृत्व परिवर्तन गरेको छ ।
गत भदौं पहिलो साता विभागको नेतृत्व सम्हाल्न पुगेको सूर्यबहादुर खत्रीलाई सात महिनामा त्यहाँबाट मन्त्रालयमा तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
केही महिना पछि अनिवार्य अवकाशमा जान लागेका खत्री अनियमिततामा जोडिएको,दैनिक सो कार्यालयबाट सत्तरी लाखसम्म घुस असुली भइरहेको बिषयमा कर्मचारी प्रेसले यस अघि समाचार प्रकाशन गरेको थियो ।

बिज्ञापन

यस्को अलवा स्पेनमा आयोजित एउटा वैदेशिक भ्रमण कार्यक्रममा पत्नीलाई बोकेर गएसँगै उनी विवादमा तानिएका थिए ।

बिज्ञापन

वैरोको डिजीको जिम्मेवारी पाएका भुसालले यस अघि उद्योग विभागको महानिर्देशक चलाइसकेका छन् । यस अघि भुसालले शाखा अधिकृतको रूपमा उद्योग विभागमा ४ वर्ष र उद्योग मन्त्रालयमा २ वर्ष काम गरेका थिए भने विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेवारी निर्वाह गरेका थिए । आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। उनको पहिलो पोस्टिङ नै उद्योग विभागमा भएको थियो ।

श्रम मन्त्रीका दाहिना हात : कुन- कुन म्यानपावरसँग साँठगाँठ ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष