वैदेशिक भ्रमणका लागि मनोनयन गर्दा मन्त्री र सचिवले मनलाग्दी गरेको भेटिएको छ ।
बिज्ञापन
नुवाकोटको शेरा दरवार प्रकरण उत्कर्षमा पुगेपछि त्यहाँबाट हिडेका उपसचिव ओमबहादुर अधिकारीलाई मन्त्रालयले उल्टै ‘पुरस्कृत’ गरेको हो । केही महिना अगाडिमात्र नुवाकोट मालपोतबाट सरुवा भएर भूमि व्यवस्था मन्त्रालयमा भित्रिएका एक उपसचिवलाई अरु कर्मचारीको भाग खोसेर वैदेशिक भ्रमणका लागि मनोनयन गरेको भेटिएको हो ।
शो दरवार प्रकरण उत्कर्षमा पुगेपछि सो प्रकरणमा कलम चोप्न डराएर नुवाकोटबाट मन्त्रालयमा भित्रिएका अधिकारीले मन्त्री बलराम अधिकारीसँग साइनो लगाउँदै जग्गा प्रशासन शाखाको नेतृत्व गर्दै आएका थिए ।वैदेशिक भ्रमण मनोनयन गर्दा मन्त्री र सचिवले सम्बन्धित शाखा हेर्ने कर्मचारीको नाममा टिपेक्स लगाएर असम्बन्धित शाखाका कर्मचारीलाई मनोनयन गरेर पठाएको भेटिएको हो ।
अहिले उनैलाई मन्त्री बलराम अधिकारी र सचिव अर्जुन पोखरेलले सम्बन्धित शाखाका कर्मचारीको नाम काटेर जिआइजेटको कार्यक्रममा मनोनयन गरेसँगै कर्मचारीहरु आक्रोशित भएका छन् । भूमि मन्त्रालयको गरिवि निवारण समन्वय शाखाले जिआइजेडको कार्यक्रम हेर्दै आएको छ । उपसचिव भोजराज श्रेष्ठ र शाखा अधिकृत युनिल राईले उक्त शाखामा कार्यरत रहेका छन् । जिआइजेडको कार्यक्रममा जानका लागि मन्त्रालयका सोही शाखा हेर्ने कर्मचारीलाई मनोनयन गर्नुपर्नेमा मन्त्री अधिकारी र सचिवले मनलाग्दी तवरले अर्कै शाखाका कर्मचारीहरु मनोनयन गरेका हुन ।
आगामी मे १३ देखि १३ तारिखसम्म सञ्चालन हुने उक्त कार्यक्रममा उपसचिव श्रेष्ठ र अधिकृत राईहरुलाई मनोनयन नगरी मन्त्री र सचिवले सम्बन्धित शाखाको कर्मचारीलाई बाइपास गरेर जग्गा प्रशासन शाखा हेर्दै आएका अधिकारीलाई मनोनयन गरेका हुन । यस्तै मन्त्रालयले वैकल्पिकमा समेत सम्बधिन्त शाखाका कर्मचारीको नाम नराखी प्रशासन शाखा हेर्ने कृष्ण भण्डारीलाई मनोनयन गरेको भेटिएको छ ।

























