अञ्जनकुमार
मौलिक हक छ भन्दैमा जे पनि बोल्न लेख्न पाइने छुट दिएको छ र नेपालको संविधानले ? वाक स्वतन्त्रताका नाममा अरुको मानमर्दनमा भद्दा मजाक गर्न पाउने छुट कानुनले दिएको छ रु सामाजिक सञ्जाल टिकटकमा फोटो हालेर हार्दिक श्रद्धाञ्जली भन्दै अत्यन्तै घृणित शव्द प्रयोग गरि अदालती फैसलाको चुरो नै नबुझी जिल्ला अदालत लमजुङका न्यायाधीश कृष्ण प्रसाद पौडेल माथि लगाइएका लान्छनाले अहिले लमजुङको माहोल तातेको छ ।
बिज्ञापन
घटना ०८० साल भदौ ११ गतेको हो । साँझ ६ बजेतिर मर्स्याङ्दी गाउँपालिका-४ कालाघिरिङकि ६९ वर्षीय धनमाया गुरुङ छिमेकी मानबहादुर गुरुङको घरमा पुगिन । घरमा मानबहादुर र उनकी श्रीमती धनकाशी थिए । धनमायाले चियाको तलतल लागेकोले आएको भन्दै चिया बनाउन आग्रह गरिन । मनबहादुरले श्रीमती धनकाशीलाई ‘चिया बनाइदेउ न त’ भन्ने आग्रह गरे तर श्रीमतीले इन्कार गरिन । उल्टै उनले आफ्नै भाषामा छोरो मारेको आरोप समेत लगाइन । यो बिषयमा चर्काचर्की भएपछि धनकाशीका लोग्ने स्वास्नी भएर घचढ्दै बाहिर निकाले । बाहिर निस्केकी धनमायाले आफ्नै सुरमा रक्सी पिउदै बसेका मानबहादुरको थाप्लोमा चिर्पट बजाइन । चिर्पटको प्रहारले सख्त घाइते भएका मानबहादुरको उपचार जिल्ला अस्पताल लमजुङमा हुन नसकेपछि भरतपुर पुर्याइएको थियो ।
बिज्ञापन
टाउकोमा गम्भीर चोट लागेका मानबहादुरको उपचारमा ६ लाख खर्च भयो । मानबहादुर भरतपुर पुगेसंगै दोलखा बस्दै आएकी धनमायाकी बुहारी कविता गुरुङले सासुलाई लिएर दोलखा पुगिन । यता गाउँघरको कुरो यतै मिलाउँ लागेको खर्च धनमायालाई तिर्न लगाउ भन्दा धनमायाका छोराबुहारीले वास्ता नगरेपछि मात्रै भदौ ३१ गते अभद्र व्यबहारमा पीडित मानबहादुर कि श्रीमतीले प्रहरीमा जाहेरी दिइन ।
बिज्ञापन
काचो चिलाउनेको चिर्पटको प्रहारले थाप्लोमा गहिरो चोट लागेका मानबहादुरको अवस्था अहिले पनि नाजुक छ । अभद्र व्यवहारमा भाद्र ३१ गते जाहेरी परे पनि तत्कालीन जिल्ला सरकारी वकिल पुर्ण बहादुर थापा र प्रहरीको मिलेमतोमा असोज २५ मा अभद्र व्यवहार कसुरलाई परिवर्तन गरि ज्यान मार्ने उद्योगमा पीडित मानबहादुर कि श्रीमतीले मुद्दा दर्ता गराएकी थिइन् ।
कसुर गरि दोलखा पुगेकी ६९ वर्षीय धनमाया गुरुङलाई जिल्ला प्रहरी कार्यालयबाट खटी गएका सई बोलकुमार श्रेष्ठको टोलीले कार्तिक १५ गते उतैबाट पक्राउ गरि ल्याएको धनमायालाई १६ गते एक हप्ताको म्याद थपी जेष्ठ नागरिकको ख्याल गरेर नै अदालतले हप्तादिनमै १ लाख ५० हजार धरौटी माग गरेको थियो । यस्तै २३ कार्तिकमा धनमाया धरौटी बुझाएर हिरासत मुक्त भएकी थिइन । २०८१ भदौ १८ को फैसलाले धनमायालाई १ वर्ष कैद र १० हजार जरीवाना र पीडितको उपचारमा लागेको ६ लाख १ हजार ४२८ रुपैयाँ क्षतिपूर्ति बापत तिर्नपर्ने फैसला गरायो ।
आजसम्म कुनै दागधब्बा नलागेका जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेलले मुलुकी अपराध सहिंता २०७४ को दफा १८३ को उपदफा १ ज्यान मार्ने उद्योग कसुरमा सोही सहिताको २ बमोजिम १० वर्षसम्म कैद १ लाखसम्म जरिवाना हुने प्रावधान रहेतापनि न्युनतम सजायको फैसला गर्नुभएको थियो ।
फैसला भदौ १८ मै भएतापनि गत पुस ९ गतेमात्रै धनमायाले म्याद बुझेकी थिइन् । जिल्ला अदालतको फैसला उपर चित्त नबुझे १ सय १५ दिनभित्र पुनरावेदनका लागि उच्च अदालत जान पाउने कानुनी सुबिधा छ । त्यसैलाई टेकेर धनमाया यहीँ चैत्र ७ गते पुनरावेदनका लागि उच्च अदालत पुग्दा क्षतिपूर्ति वापतको रकम ६ लाख १ हजर ४२८ रुपैयाँ मागेपछि बुहारी कविताले पोखरेली समक्ष अदालतले आफुलाई अन्याय गरेको भन्दै गुनासो पोख्न पुगिन । ७० वर्षकी महिलालाई १ बर्ष कैद भनेर समाचार बनाइदिएपछि वास्तविकता नबुझी सामाजिक संजाल प्रयोगकर्ताहरुले न्यायाधीश कृष्ण प्रसाद पौडेलमाथि अनेक तरहका गाली गर्दै खनिएका छन ।
यता धनमाया आफैले मानबहादुरलाई आवेगमा आएर चिर्पटले हानेको स्वीकार गरेकी छन ।
चियाको लत लागेर चिया खान पसेको भने पनि धनमायाले मानबहादुर सँगै रक्सी पिएको र त्यही बेला सामान्य भनाभन हुँदा मानबहादुर बोक्सी बुढी भनेर आफ्नो घरबाट बाहिर निकालिदिएको मानबहादुर कि श्रीमतीले जानकारी गराएकी छन । उनका अनुसार लागेको खर्चमा पनि धनमायालाई आधामात्र तिर्न भनिएको थियो तर उनका परिवारले इन्कार गरेपछि मात्रै मुद्दाको प्रक्रियामा जान बाध्य भएको बताइन । उता, मानबहादुरले आफुलाई बोक्सी भनेको र अगुल्टोले हानेको भनेर धनमायाले बयान कतै नबताएको मिसिलमा देखिन्छ ।
घटनाको प्रकृतिलाई बुझ्दै नबुझी चर्चित खोज पत्रकार अपिल त्रिपाठीसँग भएको कुराकानी कै आधारमा न्यायाधीश माथि लान्छना लगाउनु सामाजिक अपराध भएको र त्यस्ता व्यक्तिका उपर साइवर क्राइममा मुद्दा चल्ने नेपाल बार लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी बताउँछन् ।