प्राधिकरणमा उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवा

नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवा गरेको छ । कुलमानलाई हटाएर नियुक्त भएका हितेन्द्रदेव शाक्यले आफू अनुकुलको टिम बनाउँदै कर्मचारीहरु हेरफेर गरेका हुन । नियुक्त भए लगतै प्रवक्तालाई हटाएका हितेन्द्रले अहिले उच्च तहका कर्मचारीहरुको सेट परिवर्तन गरेका हुन ।

बिज्ञापन

प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले १२ औं तहका दीर्घायु कुमार श्रेष्ठलाई वितरण तथा ग्राहक सेवा निर्देशनालय सरुवा गरिएको छ । उनी प्रसारणलाइन निर्देशनालयमा कार्यरत थिए ।

बिज्ञापन

यस्तै लोड डिस्प्याच सेन्टर (एलडीसी) प्रमुखको जिम्मेवारी रञ्जु पाण्डेललाई दिइएको छ । एलडीसी प्रमुखका रुपमा कार्यरत चन्दन घोष सरुवा भएका छन् । घोष प्राधिकरणको प्रणाली योजनामा सरुवा भएका छन् । शाक्य प्रबन्ध निर्देशकमा नियुक्त भएर आएपछि प्रवक्ताको जिम्मेवारी राजाभाई शिल्पकारलाई दिइएको छ । गत चैत ११ गते सरकारले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले सर्वप्रथम प्राधिकरणका प्रवक्ता फेरेका थिए । प्राधिकरणको साविकका प्रवक्ता घोषलाई हटाएर कार्यकारी निर्देशकको सचिवालयका निर्देशक राजाभाई शिल्पकारलाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझा ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग सरुवा भएका छन् । नवराज ओझा ग्राहक तथा वितरण निर्देशनालयमा निमित्त प्रमुखको रुपमा कार्यरत थिए । चुहावट नियन्त्रण महाशाखामा कार्यरत प्राधिकरणका निर्देशक टेकनाथ तिवारी बागमती प्रदेशको प्रमुखमा सरुवा गरिएको छ।

बिज्ञापन

विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले १० औं तह र त्यसमाथिको नियुक्ति, पदस्थापन तथा सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसेको छ । मंगलबार प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष