संघीयतामा सार्वजनिक सेवा प्रवाहको अपेक्षा र समीक्षा बिषयक विचार गोष्ठी सम्पन्न

मूलुक संघीयतामा गएको दशक समय बित्यो । तर यो अवधिमा संघीयतामा सार्वजनिक सेवा प्रवाह कस्तो हुनुपर्दछ ? भन्ने बिषयमा कमैमात्र विचार विमर्स भएको छ ।
यही बिषयलाई मनन गर्दै निजामती कर्मचारीभित्रको कान्छो ट्रेड युनियन एकीकृत सरकारी कर्मचारी संगठनले हालै पूर्वमा वैचारिक मन्थन चलाएको छ ।

बिज्ञापन

एकीकृत सरकारी संगठन, नेपालले पूर्वको झापास्थित डेग्लो होटलमा संघीयतामा सार्वजनिक सेवा प्रवाहको बिषयम भव्य विचार गोष्ठीको आयोजना गरेको हो ।समाजका लव्ध प्रतिष्ठित र प्रवृद्ध वर्गको बीचमा भएको उक्त विचार मन्थन कार्यक्रममा’संघीयतामा सार्वजनिक सेवा प्रवाहको अपेक्षा र समीक्षा’ विषयमा  संगठनका महासचिव प्रकाश राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिज्ञापन

उक्त कार्यपत्रमाथि कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, नेकपा एकीकृत समाजवादी झापा इन्चार्ज पुष्प पोखरेल, झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, संगठनका संस्थापक अध्यक्ष मोहन घिमिरे लयायतले टिप्पणी गरे ।

संगठनका केन्द्रीय अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रमुख अतिथि थिए । संगठन झापाका अध्यक्ष निरज कट्टेलले स्वागत मन्तव्य राखेको गोष्ठीमा संगठन कोशी प्रदेशका अध्यक्ष योगेश्वर खनालले धन्यवाद मन्तव्य राखेका थिए ।

बिज्ञापन

संगठनका केन्द्रीय सचिव टीकादेवी आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा हालसालै सेवा निवृत अग्रज संगठकहरु वलराम पराजुली र रामप्राद पोखरेलाई सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा उपहार योजना २०८१ मा प्रथम पुरस्कार विजेता झापा भद्रपुर निवासी विनित पोखरेललाई १५० सिसिको पल्लसर मोटर साइकल प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

२७ लाख २० हजारको हातमा राष्ट्रिय परिचयपत्र

स्वकीयको घुस डिलमाथि छानबिन भएन,मन्त्रीको लाखौं घुस डिलको उजुरी पुग्यो अख्तियारमा

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

बिशेष