निजामती विधेयकमा उपसमितिले बुझायो प्रतिवेदन,कुलिङ पिरियड र ट्रेड युनियनमा बाझियो मत

संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट फरक मत सहित पारित भएको प्रतिवेदन मूल समितिलाई बुझाइएको छ ।

बिज्ञापन

अघिल्लो महिना गठन भएको उपसमितिबाट उक्त विधेयक फरक मतसहित पारित गरेर मूल समितिलाई बुझाएको हो । गत महिना काँग्रेस सांसद दिलेन्द्र बढुको संयोजकत्वमा काँग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय उपसमिति गठन भएको थियो ।

बिज्ञापन

उक्त उपसमितिले १४७ वटा दफा रहेका विद्येयकमा उपसमितिले टुंग्याउनु पर्ने मुख्य १४ बिषय पहिचान गरेर सोही अनुसार छलफलमा जुटेको थियो । उपसमितिले विज्ञ,लोकसेवा आयोग,कानुन,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सरोकारवालाहरुसँग गोप्य छलफल गरेर कतिपय विवादित बिषयहरुलाई टुंगोमा पुर्याएको हो । जसमा अतिरिक्त सचिव पद व्युताँउने,कर्मचारीहरुको उमेर हद ६० पुर्याउने,कर्मचारीमा ट्रेड युनियन र अतिरिक्त सचिवको सम्बन्धमा फरक मत परेको छ ।

लामो समयदेखि गिजोलिएको संघीय निजामती विधेयकका विवादित विषय थाती राख्दै संसदीय उपसमितिले प्रतिवेदन बुझाएको हो । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू संयोजक रहेको उपसमितिले बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

बिज्ञापन

समिति सभापति खतिवडाले उपसमितिले बुझाएको प्रतिवेदनमा अब समितिमा छलफल हुने जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

बिशेष