अख्तियारमा नबसेका सचिवद्धयमाथि मात्र किन आइलाग्यो आपत्त ?

गत बर्ष मुख्य सचिवसहित दुई जना सचिव उपर अख्तियारले भ्रष्टाचार मुद्धा चलायो ।

बिज्ञापन

यसरी मुद्धा चलाएकामध्ये पूर्व मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धामा सफाइ पाएर घर फर्किसकेका छन् । यस्तै गत १६ फागुनमा राष्ट्रिय योजना आयोगबाट मधु मरासिनी घर फर्किए,उनी उपर समेत भ्रष्टाचार मुद्धा चल्यो । पछि विशेषबाट सफाइ पाए । अर्काे रिटायर्ड सचिव शिशिर ढुङ्गनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
यो प्रकरण किन उठाइदैंछ भने यी कर्मचारीहरु जागिरे जीवनको क्रममा अख्तियारमा बसेनन् । जागिरको सिलसिलामा कोही सचिवलाई अख्तियारमाबसेकै आधारमा उन्मुक्ति पाएका छन् अनि कोही कर्मचारी अख्तियारमा नबसेकै कारण भ्रष्टाचारको भड्खालोमा  जाकिएको रुपमा केही पूर्व सचिवहरुले टिप्पणी गर्न थालेका छन्,यो कोणबाट समेत विश्लेषण हुन थालेको छ । । यस्लाई संयोगमात्र त पक्कै मान्न सकिँदैन । पछिल्ला एक दशकमा आठ जना अर्थ सचिव भएका छन्,तीमध्ये ६ जना टंगालको रातो घरबाट जम्प गरे ‘ढुकुटी मन्त्रालय’को हर्ताकर्ता बन्न आइपुगेकाछन्,अर्थ सचिव बनेकामध्ये २ अख्तियारमा बसेनन्,उनीहरु उपर भ्रष्टाचार मुद्धा चलेको देखिन्छ । जसमध्ये एकले क्लिन चिट पाए,अर्को भ्रष्टाचारी ठहर भएका छन् । पछिल्ला एक दशकमा अर्थ सचिव भएकामध्ये अख्तियारको ‘छानामुनी’ बसेर कहिल्यैकाम नगरेका प्रशासक हुन शिशिर ढुङ्गना र मधु मरासिनी । र,अख्तियारले यी दुई भाईलाईमात्र मुद्धा चलाएको देखिन्छ । जसमध्ये मधुमरासिनी क्लिन चिट पाएर पनि यही १६ फागुनदेखि अवकाशमा गइसकेका छन् भने शिशिरलाईवाइडवडी प्रकरणमा भ्रष्टाचारी ठहर भएका छन ।

बिज्ञापन

अख्तियारले मुद्धा चलाउँदा कतिसम्म पूर्वाग्रहराख्छ भन्ने सानो उदाहरण हो यो । जस्तो नेशनल पेमेन्ट गेटवे प्रकरण, यो प्रकरणमा अर्थमन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदीलाई समेत मतियार बनाइएको थियो । ६९ सालजेठ ७ गतदेखि ७० चैत्र ३० सम्म उनी अर्थ सचिवको भूमिकामा रहेका उनी अर्थ हुँदै टंगाल पुगेका थिए र त्यहाँबाट फेरि अर्थमै फर्किएका थिए । मधु मरासिनीलाई जुन भ्रष्टाचार प्रकरणमाडामिए,त्यसमा मतियारका रुपमा सुवेदी पनि जोडिएका थिए । बजेटको रातो किताबमा नपरेको योजनालाई आर्थिक वर्षको अन्त्यमा निकासा गर्न भूमिकाखेल्ने आफू मातहतका मधुकुमार मरासिनीलाई सघाएको भन्दै अख्तियारले उनीमाथि‘मतियारको कसुर गरेको’ दावी गरेको थियो तर,पछि अख्तियारको निर्णयमा भनिएको छ, ‘बजेट विनियोजनका सन्दर्भमा मधुकुमार मरासिनीको भूमिका र संलग्नता स्पष्ट पारी बयान गरी, आफ्नोभएगरेको व्यहोरा सत्य खुलाई अनुसन्धानमा सहयोग गरेको हुँदा सजायको मागदावीमापूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ।’

यस्तै,जागिरे जीवनको क्रममा अख्तियारको ओतलाग्न नपुगेका शिशिर ढुंगना वाइडबडी जहाजमा भ्रष्टाचारी ठहर भएका छन् । यो प्रकरणमाविशेष अदालतले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन सचिव शंकरप्रसाद अधिकारी,पूर्व अर्थसचिव शिशिर ढुंगना र पर्यटन सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहरगरेको छ । विशेषले ढुंगाना र लामिछानेलाई १ वर्ष ९ महिना कैद र १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ ९० पैसा बिगो र त्यति नै जरिवाना अशुल गर्ने फैसला सुनाएको छ,केही महिना अगाडिमात्र । ०७६माघमा अर्थ सचिव बनेका ढुंगाना त्यसअघि सुदूपश्चिम क्षेत्रीय प्रशासकको रुपमा थिए । भन्सार विभागको डिजी चलाइसकेका उनी पछि क्षेत्रीय प्रशासकको रुपमा अर्थ मन्त्रालयमा छिरे भने महालेखा नियन्त्रक रहेका मरासिनी सचिव बढुवा भए पनिसिधै अर्थ सचिवमा पोष्टिङ्ग भएको थियो ।

बिज्ञापन

यसरी अख्तियारका ओत लाग्न नपुगेका मधु रशिशिरबाहेक राजन खनाल, कृष्णहरि पुस्कर,रामेश्वर दंगाल,डा रामप्रसाद घिमिरेदेखिहालैमात्र अख्तियार घनश्याम उपाध्याय सम्म अख्तियारबाट अर्थमा फड्को हानेका हुन । सचिवमात्र होइन सहसचिवसमेत अख्तियारबाटै अर्थ र गृहतिर फड्को मार्ने क्रम जारी छ । ईश्वरीप्रसाद अर्याल,नरहरि घिमिरे,माधव प्रसाद पोखरेल अख्तियारबाट गृह मन्त्रालयमा भित्रिएका छन्। यस अघि अख्तियारमा बसेका श्यामप्रसाद भण्डारी अहिले अर्थ मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीसम्हाल्दै छन् । यस अघि अख्तियारका प्रवक्ता रहेका भोला दाहाल त्यहाँबाट गृहमा इन्ट्री भएका हुन ।

अख्तियारका एक पूर्व आयुक्तका अनुसार,अधिकांश सडक,सिचाई,खानेपानी,सम्पत्ति शुद्धीकरण,आन्तरिक राजश्व लगायतका कमाउ अड्डामा  बसेका कर्मचारीहरु सेटिङ्ग मिलाएर अख्तियारमा पुग्ने र त्यहाँ विशेष सम्बन्ध स्थापित गर्ने आफूविरुद्धका उजुरीहरु तामेलीमा हाल्ने काम गर्दै आइरहेका छन् । त्यही कारण सहसचिव,सचिव भए पछि अख्तियारमा एक पटक जान कर्मचारीहरुबीच होडबाजी चल्ने गर्दछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

बिशेष