डा क्षेत्रीलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक कर्मचारीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालयले नवौं तहमा कार्यरत कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार क्षेत्रीले गत साउन १८ गतेबाट बिदा स्वीकृत नगराई कार्यालय उपस्थित नभएपछि उनलाई सेवाबाट हटाउने तयारी गरेको हो ।

मन्त्रालयबाट प्रकाशित सूचनामा भनिएको छ, ०८१।०४।१८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहनु भएकोले के कति कारणले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहनु भएको हो ? भनी ७ (सात) दिनको म्याद दिई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८० बमोजिम स्पष्टीकरण पेश गर्न मिति ०८१।११।१० मा गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरिए‌कोमा तपाईले मिति ०८१।११।१५ मा पेश गरेको स्पष्टीकरण सन्तोषजनक भएको नदेखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खष्ट (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउन नपर्ने कुनै कारण भए सोको समुद प्रमाण सहित १५ (पन्ध्र) दिन भित्र स्पष्टीकरण पेश गर्नुहुन नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८१ को प्रयोजनार्थ यो सूचना प्रकाशन गरिएको छ ।

बिज्ञापन

यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष