एक सयभन्दा बढी स्थानीय तहबीच सीमाकै लडाईँ,केन्द्र सरकार के गर्दैछ ?

मुलुकभरमा १ सय बढी स्थानीय तहबीच सीमा विवाद रहेको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मुलुकका १०१ स्थानीय तहका वडाहरु बीच सीमा विवाद देखिएको छ ।

बिज्ञापन

स्थानीय सरकार गठन हुनुअघि ढुंगा, गिट्टी र बालुवालगायत नदीजन्य पदार्थ ठेक्का लगाउने काम साबिकको जिल्ला विकास समितिले गर्दै आएको थियो । त्यसबाट हुने आम्दानी नदी पर्ने गाविस र नगरपालिकाको भाग पर्थ्यो । संघीयतामा जिविसको भूमिका समन्वय समितिका रूपमा खुम्चियो । साबिकका गाविस र नगरपालिका गाभिएर नयाँ संरचनाअनुसारका स्थानीय तह बने । प्राकृतिक स्रोत जजसको सीमाभित्र पर्छ, त्यसले नै ठेक्का लगाउन पाउने बाटो खुल्यो । नदीजन्य पदार्थका लागि केही स्थानीय तहबीच अहिले चर्को विवाद छ । स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधि आएको ७ वर्षसम्म पनि विवाद अझै बल्झिरहेको छ । यस्ता विवादको बिषय समाधान गरिदिनका लागि संघ सरकारलाई गुहारे पनि निकास निस्किएको छैन । गएको आर्थिक वर्षमा ६२ वटा सीमा विवादका फाइल रहेकामा साउनपछि अहिलेसम्म ३९ वटा थपिएर १ सय १ वटा पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सबैभन्दा धेरै कर्णालीबाट २१ र सबैभन्दा कम मधेशबाट एउटा सीमा विवादको घटना मन्त्रालयमा आएको जनाइएको छ । मन्त्रालयका अनुसार,सूदुरपश्चिमका १९,बागमती १७,लुम्बिनी १६ र गण्डकीका १४ पालिकामा सीमा विवाद रहेको छ । यस्तै,कोशीका १३ स्थानीय तहबीच सीमा विवाद रहेको छ ।

सीमा विवादले एउटा पालिकाका सेवाग्राहीलाई सेवा लिन अर्को पालिका हुँदै जानुपर्ने मात्र नभई घरजग्गा, सम्पत्ति दर्ता र राजस्व तिर्नसमेत नपाउने अवस्था छ । सीमाको समस्याले गर्दा कतिपय वडा कार्यालयमा पुग्न ५० मिटर दूरीको बाटोलाई ५ घण्टा लगाएर जानुपर्ने अवस्था छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डेढ घण्टा लिखित बयान दिएर साइवर व्युरोबाट निस्किए महेश बस्नेत

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब ३८ करोड लाग्ने अनुमान

सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै

कर्मचारीहरुले फेरि कासमू भर्नुपर्ने,साता दिनभित्रै सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्यांकन गराउन परिपत्र

यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू

निजामती प्रशासनको सुधार :धेरै खरानी नधसौं,आफ्नो टाउकोमा आफै आगो झोसौं

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

सबै जग्गा धनीले नयाँ श्रेष्ता बनाउनुपर्ने,मालपोतले माग्यो यी १० प्रमाण

बिशेष