नेपाल प्रहरीको डिएसपी ९० दिनदेखि सम्पर्कविहिन

 

बिज्ञापन

नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा कृष्णमणि चापागाई तीन महिनादेखि सम्पर्कविहीन भएका छिन् ।

बिज्ञापन

पर्वत फलेवास नगरपालिका–की १० स्थायी घर भई अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी चापागाईं बिनाजानकारी ३ महिनादेखि अनुपस्थित रहेको अस्पतालले जनाएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित हाजिर हुन ७ दिनको म्याद दिएको छ । चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए । पछि पुनः १४ दिन बिदा थप गराएका थिए । थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि उनी अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।

बिज्ञापन

उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ । त्यति गर्दा पनि अनुपस्थित भएपछि अन्तिमपटक बाटाको म्यादबाहेक ७ दिनभित्र हाजिर नहनुको कारणसहित आउन र अन्यथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६१ स्थानीय तह अझैं बजेट बिहिन,४० पालिका मधेश प्रदेशकै

संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्दछ : मन्त्री न्यौपाने

काठमाडौंका नदी किनार नक्कली सुकुम्बासीको कब्जामा, यी हुन पहिचान भएका ४५ हुकुम्बासी

एमालेमा ओली नै निर्विकल्प : ७० बर्ष उमेर हद र दुई कार्यकाल पदाधिकारी खारेजीको प्रस्ताव

सूचना विभागको महानिर्देशकमा राना

नेपाल रिइन्योरेन्स सुरेन्द्र,नेप्सेमा बस्याल

कुलिङ पिरियडमा कीर्ते गरेका रामहरिलाई संवैधानिक अंगका प्रमुख र पदाधिकारी छान्ने समितिको जिम्मेवारी

१३ हजार घुस खाने करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष