उर्जामन्त्रीको कामप्रति गगनको असन्तृष्टि, भन्छन् :मन्त्रीहरु नचाहिने काममा नलागुन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सोधेको स्पष्टीकरणप्रति काँग्रेस महामनत्री गगन थापाले असन्तृष्टि पोखेका छन् ।
अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई चार बुँदे स्पष्टीकरण सोधेको छ । उनलाई तीन दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइएको थियो ।

बिज्ञापन

घिसिङमाथि आफ्नो दुवै कार्यकालमा प्राधिकरणमा अनियमितता गरेको, अनावश्यक खरिद गरेर प्राधिकरणको वित्तीय अवस्था धरासायी बनाएको, विभिन्न पारियोजना बन्ने क्रममा अस्वाभाविक चलखेल गर्ने गरेको आरोप छ ।

बिज्ञापन

स्पष्टीकरणमा मन्त्रालय र घिसिङबीच मिति २०७८ सालको माघ १५ गते भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०८०/ ८१ को कार्यसम्पादन प्रतिवेदन तोकिएको समयसीमाभित्र पेश नगरी सम्झौताको सर्त उल्लंघन गरेको आरोप लगाइएको छ । सरकारले यही कारण घिसिङको नियुक्ति रद्द किन नगर्ने भनी प्रश्न समेत गरेको छ । यसअघि गत पुस २२ गते पनि ऊर्जा मन्त्रालयले उनलाई सात बुँदे स्पष्टीकरण सँगै पदबाट किन नहटाउने भन्ने प्रश्न सोधेको थियो ।

सोही बिषयमा काँग्रेसका महामन्त्री गगन थापाले कांग्रेसबाटै ऊर्जामन्त्री भएका दीपक खड्कालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने काममा नलाग्ने सुझाव दिएका छन्।

बिज्ञापन

सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एक व्यक्तिविरुद्ध सरकार नै लाग‍ेको जस्तो देखिएकोले त्यस्ता काममा नलाग्न खड्कालाई सुझाव दिएका हुन । “एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच किचकिच गरिरहेको जस्तो देखिन्छ,” उनले भने, “यस्ता कुराहरू ठिक होइन । उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नु हुन्न ।”

 

अबको चार महिना पछि सेवा निवृत्त भएपछि उक्त ठाउँमा उपयुक्त व्यक्तिलाई ल्याएर संस्थाको जिम्मा दिन पनि खड्कालाई सुझाए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

बिशेष