गृहका पहुँचवाला उपसचिवहरु अब के गर्लान ?

सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गर्दा एकै पटक १७ जनालाई गृहमा भित्र्याइएको छ । सरुवाको सूची अनुसार, संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन हेर्दै आएका बलराम रिज्याल गृह भित्रिएका छन् । उनीझै मधेश प्रदेशको श्रम मन्त्रालयबाट सुरेन्द्र पौडेल पनि गृहमा इन्ट्री पाएका पाएका छन् । यस्तै,अख्तियारबाट ईश्वरी अर्याल र नरहरि घिमिरे पनि गृहमा भित्रिएका छन् । अख्तियार,कञ्चनपुर कार्यालयबाट माधव पोखरेल पनि गृहमा आएका छन् ।

बिज्ञापन

यस्का अलवा मुख्यमन्त्री कार्यालय,कर्णालीबाट आनन्द सारु पनि गृहमै आएका छन् । प्रदेश प्रमुखको कार्यालय,लुम्बिनीबाट बेदप्रसाद खरेल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट कुमान सिङ गुरुङलाई गृहमा ल्याइदा सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट दिपकराज नेपाल पनि गृहमा प्रवेश पाएका छन् ।
यसरी सरुवाको सूची अनुसार,९ जना सहसचिवहरु गृहमा भित्रिदा गृहबाट खगेन्द्र रिजाल भने बाहिरिएका छन्,उनलाई अख्तियारमा लगिएको छ । यस्तै गृहको बरण्डामा रहेको रामबन्धु सुवेदी सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पठाइएको छ ।

बिज्ञापन

यस्तै भविश्वर पाण्डे,विजयराज सुवेदी,प्रेम प्रसाद लुँइटेल,लक्ष्मण ढकाल,दिल कुमार तमाङ,जगदीश्वर उपाध्याय,दिव्यराज पोखरेल र धर्मराज जोशी गरी हालैमात्र उपसचिवबाट सहसचिवमा उक्लिएका आठ जनालाई गृहमा पदस्थापन गरिएको छ । सोमबारको क्याविनेट बैठकले १७ जना सहसचिव गृहमन्त्रालयमा पठाएको छ ।

यस अघि नै लामो समयदेखि गृहमा पाँच जना सहसचिव अतिरिक्त समूहमा रहँदै आएका थिए । गृहमा सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै झण्डै दुई महिनादेखि बन्धु बास्तोला, प्रेम भट्टराई,अर्थबाट गृहमा भित्रिएका नारायण रिसाल दुई साता दिनदेखि जिम्मेवारी विहिन छन् । खोटाङमा महिना दिन बित्दा समेत गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी खटाउन सकेको छैन । रौतहट र ओखलढुंगा लगायतका जिल्ला प्रमुख जिल्ला अधिकारीविहिन छ ।

बिज्ञापन

गृह प्रशासन र कर्मचारी खटन पटनमा चरम विकृती र बिसंगती रहेको खबर यस अगाडि नै पटक पटक कर्मचारी प्रेसले प्रकाशन गर्दै आएको छ । पछिल्लो समय गृहको कर्मचारी प्रशासन हेर्दै आएका कर्मचारीहरुका कारण गृहको कर्मचारी खटन पटन नीति,थिति,विधि र पद्धतिले कम चलिरहेको गृहकै कर्मचारीहरुले दुखेसो पोख्दै आएका छन् । सहसचिवको दरबन्दी भएका जिल्लामा समेत काँग्रेस निकट कर्मचारी भएकै कारण उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइरहेको छ ।

गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अहिले एक दर्जन जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

गृह आफैले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि बनाएको छ, कार्यविधिको दफा ६ ले ६१ जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । यसबाहेकका १६ जिल्लामा उपसचिवको दरबन्दी छ । तर अहिले कार्यविधि एकातिर छ अनि कर्मचारी खटन पटन अर्कोतिर ।

जस्तो अहिले सहसचिव दरबन्दी रहेका डोटीमा मोहनराज जोशी,वैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने, अछाममा शिव प्रसाद लम्साल, जुम्लामा राम बहादुर शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधि विपरित आफ्नै गृह जिल्ला दैलेखमा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको गृहले सल्यान, प्युठान, अर्घाखाँची र रामेछाप लगायतका जिल्लामा समेत उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको पाइन्छ । जसमध्ये सल्यानमा सावित्रा पुन,यस्तै प्युठानमा रमा आचार्य (सुवेदी),अर्घाखाँचीमा वावुराम अर्याल प्रमुख जिल्ला अधिकारी छन् भने रामेछापमा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
गृह आफैले बनाएको कार्यविधि अनुसार यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । तर, डोटीमा २०८१ कार्तिक १२ गतदेखि मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् भने बैतडी जिल्लामा दीर्घराज उपाध्याय ८१ कार्तिक १२ गतेदेखि नै प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै डडेल्धुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका चोमेन्द्र न्यौपाने २०८१ भाद्र २४ गतेदेखि अछाममा शिव प्रसाद लम्साल ८१ साल वैशाख २४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् । यस्तै सरकारले जुम्लामा समेत सहसचिवलाई नै प्रमुख जिल्ला अधिकारी रहने गरी कार्यविधि बनाएको छ । यदी कार्यविधि खोट छ भने सो संशोधन किन गरिदैन ?

अनि कार्यविधि एकाथरी बनाएर त्यहाँ अहिले राम बहादुर शाही असोज ९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधिले आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउन मिल्दैन भन्छ तर नवराज जैसी काँग्रेस निकट कर्मचारी भएकै कारण दैलेख जिल्ला हाक्ने अवसर पाइरहेका छन् ०८१ आश्विन ७ गतेदेखि । यस्तै गरी सल्यान जिल्ला प्रशासनको नेतृत्व सावित्रा पुनले गरिरहेकी छिन्,यही पुस २८ गतेदेखि । गृहका अनुसार प्युठान जिल्लामा समेत सहसचिव नै प्रमुख जिल्ला अधिकारी रहन्छन् तर त्यहाँ उपसचिव तहको रमा आचार्य (सुवेदी) भदौं ३१ गतेदेखि, अर्घाखाँची जिल्लामा बाबुराम अर्याल भखौं ३० र रामेछाप जिल्लामा राजु प्रसाद पौडेल असोज ६ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् ।

कर्मचारी प्रेस सहितका केही  सञ्चार माध्यमहरुको निरन्तरको खबरदारी पछि गृहमन्त्री र गृहसचिवले सहसचिवको दरबन्दी भएका एक दर्जन बढी जिल्लामा खटाएका उपसचिवहरुलाई फिर्ता बोलाएर सहसचिवलाई ती जिल्लामा खटाउने तयारी गरेको गृह स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष