कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

काठमाडौं, १३ फागुन ।  कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ?

बिज्ञापन

यो प्रश्न के हो भनी सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले राजीनामा दिनुपरेको कारण यही थियो । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखिदिए  । यसलाई मन्त्रीको अहङ्कार मानेको ठानिए पछि ती मन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएका छन् ।

बिज्ञापन

न्यूजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेलीले गत हप्ता एक कर्मचारी माथि काँधमा हात राखेपछि आलोचनामा परेका थियो । सो कार्यको विरोध यति बलियो भयो कि बेलीले सोमबार उनले आफ्नो मन्त्री पदबाट नै राजीनामा दिन बाध्य भएका छन ।

राजिनामा दिए पछि मन्त्री बेलीले भने, ‘यो घटनाबाट म अत्यन्तै दुखी छु र शिर झुकाएर माफी माग्छु किनभने मैले उत्साहमा उसको अनुमति बिना उसको काँधमा हात राख्न पुगे ।’

बिज्ञापन

क्रिस्टोफर लक्सन सरकारका मन्त्री एन्ड्रयु बेलीले अगाडी भने, ‘म ती कर्मचारीको कामबाट निकै प्रभावित भएँको थिए । खासमा उत्साहका साथ मैले उनको हातमा हात राखेँका हुँ । यो विषयले यति धेरै महत्व पाउँछ भन्ने मलाई थाहा थिएन । तर, जनताको विरोध प्रबल भएकाले अन्ततः मैले राजीनामा दिने निर्णय गरेको छु ।’

राजीनामा पछि प्रधानमन्त्री लक्सनले मन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको बताएका छन् । उनले भने, ‘अब यसमा राजनीति गर्नुहुँदैन ।’ तर  विपक्षी दलमा रहेका मजदुर पार्टीका नेताहरुले पनि सरकारले यस विषयमा गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् ।

जब प्रधानमन्त्रीलाई सोधियो कि अब उनले संसदको सदस्यता पनि त्याग्नेछन त  ? यसबारे लक्सनले भने, ‘एन्ड्रयु बेलीले राजीनामा दिएर गल्ति स्विकार गरिसकेका छन, अब यो भन्दा अरु के चाहियो र ?’ मन्त्री आफैले यस्तो व्यवहारका लागि उनका सबन्धित परिवारसँग माफी पनि मागेको पनि प्रधानमन्त्री लक्सनले जानकारी दिए ।

मन्त्री बेली पहिलो पटक २०१४ मा न्युजिल्यान्डको संसदमा सत्तारुढ नेश्नल पार्टीबाट सांसदका रूपमा निर्वाचित भएका थिए। २०२३ को उत्तरार्धमा लक्सनको चुनाव पछि उनी वाणिज्य र उपभोक्ता मामिला मन्त्री, साना व्यवसाय र निर्माण मन्त्री र तथ्याङ्क मन्त्री नियुक्त भएका हुन । अहिले यो मन्त्री पद खाली भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

विवादित उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

सार्वजनिक संस्थानका ४७ अर्ब गोलमाल

महानिर्देशकबाट झरेर उपमहानिर्देशक बन्न गर्दै थिए चलखेल,पुगे हिरासत

रसुवामा भालुको आक्रमण : दुई जना घाइते

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

बिशेष