युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौँ । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ ।

बिज्ञापन

मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ । यसबाहेक, कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ । यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा अस्पष्ट रहेको छ ।

बिज्ञापन

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलन मस्कको सरकारी दक्षता विभाग (डोज) को योजना अन्तर्गत संघीय कर्मचारीहरूको संख्या घटाउने प्रयास गरिरहेको छ ।

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा ​​रोक लगाएपनि सो प्रतिबन्ध स्थायी नहुने बताएपछि ट्रम्प प्रशासनले यस्तो कदम चालेको बताइएको छ ।

बिज्ञापन

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) संयुक्त राज्य अमेरिका सरकारको एक स्वतन्त्र एजेन्सी हो । यो १९६१ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापित भएको थियो । यो एजेन्सीले नागरिक वैदेशिक सहायता र विकास सहायताको प्रशासनको निरीक्षण गर्दछ । यस संस्थाको उद्देश्य विश्वव्यापी स्वास्थ्य, आर्थिक विकास, प्रकोप र लोकतान्त्रिक सुधारका मुद्दाहरूमा काम गर्नु हो । यो एजेन्सी हाल १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ । यस एजेन्सीले विश्वव्यापी रूपमा मानवीय संकटहरूलाई कम गर्न मद्दत गरेर प्रायः अमेरिकी विदेश नीतिलाई अगाडि बढाउने गर्दछ । २०२३ मा युएसएडले ४० बिलियन डलर बजेट खर्च गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष