दलगत ट्रेड युनियन र यसमा जोडिएका कर्मचारीहरु कतिसम्म जब्बर हुन्छन् उदाहरण खोज्न त्रिपुरेश्वरतिर पुगे हुन्छ ।
बिज्ञापन
त्यहाँ कार्यरत अधिकृतस्तरका दुई कर्मचारीका मनोमानी र बदमासीका कारण बहालरत कर्मचारीहरु आजित छन् । विभागकै कर्मचारीहरुले उनीहरुको ज्यादतीका बिषयमा जानकारी दिए पछि कर्मचारी प्रेसले विभागको नेतृत्व चलाएर बाहिरिएका केही महानिर्देशकहरुलाई उनीहरुको बिषयमा जिज्ञासा राख्दा ती चल्तापूर्ता अधिकृतका कारण आफूहरु आजित र हैरानी खेपेको प्रतिक्रिया दिए ।
बिज्ञापन
गाडी,घोडादेखि कर्मचारी परिचालनसम्मको महत्वपूर्ण जिम्मेवारी पाएका अधिकृत हुन, घनश्याम तिमल्सिना । उनी अहिले सत्तामा रहेको एमाले निकट कर्मचारी संगठनका हर्ताकर्ता हुन । कुनै समय एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका विभागीय अध्यक्ष भइसकेका उनी भन्सार विभागको स्टोर र प्रशासन शाखा हेर्दै आएका छन् । भन्सारका कर्मचारी सरुवामा उनको चर्को हस्तक्षेप हुने गरेको पीडित कर्मचारीहरु बताउँछन् । विभागमा ३० बढी शाखा अधिकृत छन्,तीमध्येका त्यहाँका हर्ताकर्ता शाखा अधिकृत हुन,उनै तिमल्सिना र मधु खनाल । तिमल्सिना झण्डै ५ बर्षदेखि विभागमा कार्यरत छन् ।
निजामती सेवा ऐनले हरेक दुई बर्षमा कर्मचारीलाई एउटा निकायबाट अर्को निकायमा सरुवा हुनुपर्ने प्रावधान राखेको छ । र, यस्ता प्रावधान निम्सरा कर्मचारीहरुका लागि मात्र हो । पहुँच र पावर नपुगेका कर्मचारीहरु दूरदराजमा थन्किरहेका उनलाई पाँच बर्षदेखि त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यकक्ष छोडेर कतै बाहिर जानु परेको छैन । तिमिल्सिना विभागमा ७६ सालदेखि दोहोरो जिम्मेवारीसहित विभागमा छन् । उनी विभागको कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । यस्का अलवा स्टोर समेत हेर्दै आइरहेका छन् । कर्मचारी संकेत नम्बर १५३७२५ रहेका तिमिल्सिना एमाले निकट कर्मचारी हुन । त्यहाँ बसेर उनले कर्मचारी सरुवामा मोलमोलाई गर्ने गरेको आरोप छ उनीमाथि । यद्यपि यो बिषयमा अधिकृत तिमल्सिनासँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा आफू एमाले निकट कर्मचारी संगठनका नेता भएको,विगत पाँच बर्ष भन्दा बढी समयदेखि भन्सार विभागकै प्रशासन र स्टोर हेर्दै आएको भए पनि सरुवामा भने आफूले हस्तक्षेप गर्ने गरेको बिषय सत्य नभएको प्रतिक्रिया दिएका छन् ।
बिज्ञापन
भन्सार विभागमा पछिल्लो ६ बर्षमा १० जना महानिर्देशकहरु परिवर्तन भइसकेका छन् । तोयम राया,रामेश्वर दंगाल,सुमन दाहाल,यमालाल भुसाल,नारायणप्रसाद सापकोटा,कमल भट्टराई,चक्रबहादुर बूढा,शोभाकान्त पौडेल,ढुण्डी निरौला,हरिशरण पुडासैनी हुँदै त्यहाँ अहिले महेश भट्टराईलाई ल्याइएको छ । यस अघि ७९ सालमा महेश त्यहीका उपमहानिर्देशक थिए । अहिले ६ बर्षमा १० जना हाकिम फेरिसकेका छन्,तिमल्सिनाले । अहिले महेश त्यहाँको प्रमुखको भूमिकामा पुगेका छन् । यस अघि कमल भट्टराई महानिर्देशक हुँदा त्यहाँको उपमहानिर्देशक थिए भट्टराई । कर्मचारी सरुवाकै लफडामा परेर उनी त्यहाँबाट तीन महिना नपुग्दै सरुवामा परेका थिए । उनै महेश अहिले विभागको महानिर्देशको जिम्मेवारीसहित त्यहाँ पुगेका छन् । दुई बर्ष अगाडि भन्सार कार्यालयहरुमा दरबन्दी नै नभएपनि ५० जना कर्मचारीहरुलाई जबर्जस्ती फाजिलमा पठाइएको थियो । सोही समयमा उनी डिडिजी थिए । निजामतीमा राम्रा र सम्भवना बोकेका सहसचिव भट्टराइलाई तीन महिनामै पाखा लगाएर सो काम त्यतिबेला फत्ये गरिएको भन्सारका कर्मचारीहरुले अझैं बिर्सिएका छैनन् ।
उसो त उनीजस्तै अर्को चल्तापूर्ता कर्मचारी छन्,त्यहाँ मधु खनाल । नासु हुँदा भैरहवामा रहेका उनी विरगञ्ज हुँदै ८० सालमा विभागमा आइपुगेका हुन । अहिले उनी त्यहाँका नीति तथा महशुल शाखामा छन् । उनी पनि एमाले निकटकै कर्मचारी हुन । यी दुई अधिकृतको जुगलबन्दीकै कारण विभागको सुशासन कमजोर हुन पुगेको यस अघि विभागको नेतृत्व गरिसकेका केही महानिर्देशकहरु ।
बुटवल घर भएका उनी बुटवलकै एजेन्ट असिम न्यौपानेसँग राम्रो साँठ रहेको कर्मचारीहरु नै बताउँछन् । यस अघि तातोपानी भन्सारमा बसेका उनी अर्थ मन्त्रालय विभागीय कमिटीको उपाध्यक्ष समेत हुन् । एमाले इतरको पार्टी सत्तामा हुँदा समेत कसैले छुन र चलाउन नसकेका यी कर्मचारीहरुलाई अहिले प्रधानमन्त्री,अर्थमन्त्रीदेखि एमाले भएको समयमा उनीहरु झनै मनमौजी ढंगबाट काम गरिरहेका छन् भन्छन् त्यहीँका केही कर्मचारीहरु ।
यी अधिकृतद्धय उपर भन्सारकै कर्मचारीहरुले उठाएको गुनासोको बिषयमा कर्मचारी प्रेसले विभागका निर्देशक /सूचना अधिकारी मुक्ति प्रसाद श्रेष्ठलाई पटक- पटक टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन ।