राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजकमा ज्ञवाली

राजपत्र अनंकित कर्मचारीहरूले सञ्चालन गर्दै आएको निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजकमा ध्रुवराज ज्ञवाली चयन भएका छन्।

बिज्ञापन

यस्तै सह संयोजकमा सुरज निरौला,मेघराज भट्टराई,रामकुमार शाह,तेजेन्द्र कँडेल,लक्ष्यण गुरागाई र श्रीराम पौडेलसहित ६ सह संयोजक रहेका छन् । अरुलाई सदस्य तोकिएको छ ।
संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल प्रारम्भ भइरहेको समयमा निजामती सेवामा कार्यरत राजपत्र अनंकित कर्मचारीहरु फेरि जुर्माराएका हुन । उनीहरुले निजामती सेवामा कार्यरत राजपत्र अनंकित कर्मचारीहरुको पेशागत हित, वृत्ति विकास र सेवाको सुरक्षा कमजोर रहेको महसुस गरी स्वःस्फूर्त रुपमा सञ्चालित अभियानलाई थप व्यवस्थित बनाउँदै राजपत्र अनंकित कर्मचारीको चासो, सरोकार र हितमा प्रभावकारी रुपमा केन्द्रित गर्नका लागि बिहिबार बसेको भेलाबाट संस्थापकमध्येबाट अभियन्ता ध्रुवराज ज्ञवालीको संयोजकत्वमा प्रारम्भिक चरणमा १५ सदस्यीय केन्द्रीय कार्यकारी समिति रहने गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो।

बिज्ञापन

आगामी बैठकबाट सबै तह (संघ, प्रदेश, स्थानीय), सबै सेवा समूहका सबै जिल्ला,विभागमा कार्यरत कर्मचारीहरूलाई समेटी केन्द्रीय समितिलाई विस्तार गरी २०१ जनाको बनाइने जनाइएको छ।
फ्रन्ट डेस्कमा रहेर काम गर्दै आएका राजपत्र अनंकित कर्मचारीहरुलाई यो अभियानमा जोडिन आगैह समेत गरिएको छ । स्वतन्त्र, साझा र विशुद्ध पेशागत हितका लागि संचालित अभियान भएकाले यसमा जोडिन अनुरोध गरिएको सह संयोजक श्रीराम पौडेलले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष