एक सहसचिव र दुई उपसचिवको सरुवा,पाँच सहसचिवको पदस्थापन

न्याय सेवा आयोगले केही सहसचिवको सरुवा,पदस्थापन तथा केही उपसचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बसेको बैठकले एक सहसचिवसहित २ उपसचिवस्तरका कर्मचारीको सरुवा र पाँच जना सहसचिवको पदस्थापन गर्न निर्णय गरेको हो ।
जस अनुसार, सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय जुम्लामा सरुवा गर्ने निर्णय गरेको हो । उपाध्याय उच्च सरकारी वकिल कार्यालय, तुल्सीपुर दरबन्दी भई सत्य निरुपण तथा मेलमिलाप आयोगमा काजमा कार्यरत थिए ।

बिज्ञापन

यस्तै आयोगले यस्तै उच्च सरकारी अदालत तुल्सीपुरको नेपालगन्ज इजलासबाट उपरजिस्ट्रार सरोजनिधि वाग्लेलाई सर्वोच्च अदालतको इजलास अधिकृतको रुपमा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव अवधकिशोर प्रसाद कुशवाहा विद्युत विकास विभागमा सरुवा गरेको छ ।

साथैं बैठकले हालैमात्र उपसचिवबाट सहसचिवमा बढुवा नियुक्ति भएकी सपना अधिकारी गौतमलाई उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाश,उर्मिला जिसी र मानबहादुर बस्नेतलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदस्थापन गरेको छ ।

बिज्ञापन

यस्तै लोकसेवाबाट बढुवा भइ सहसचिव बनेकी शारदा राउतलाई उच्च सरकारी वकिलको कार्यालय धनकुटा र युवराज महतलाई उच्च सरकारी वकिलको कार्यालय इलाममा सहन्यायधिवक्ताको रुपमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको अनौपचारिक बजार

सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बिशेष