मन्त्रीको कार्यकक्ष जलेर खरानी,क्षतीको मुल्यांकन गर्ने तीन सदस्यीय समिति गठन

खानेपानी मन्त्रालयमा भएको आगलागीले पुर्‍याएको क्षतिबारे मूल्याङ्कन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
सरकारले आगलागीको क्षतिबारे मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा  संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर गणेश पाण्डे र खानेपानी मन्त्रालयका एक जना उपसचिव रहने गरी तीन सदस्यीय छानबिन समिति बनेको छ ।

बिज्ञापन

बिज्ञापन

समितिलाई घटनाको क्षति मूल्याङ्कन गर्नुका साथैं सिंहदरबार परिसरमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन र त्यसको पूर्व तयारीका उपाय सुझाउन कार्यादेश दिइएको छ ।

शनिवार बिहान ८ बजेर ४० मिनेटमा उक्त मन्त्रालयमा आगलागी भएको थियो र ९ बजेर १५ मिनेट जाँदा आगो निभाइएको जनाइएको छ । आगलागीबाट खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । साथै सो तलामा रहेको तीन वटा कोठामा क्षती पुगेको छ ।

बिज्ञापन

मन्त्रीको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्री जल्दा ४० लाख बढीको क्षती भएको प्रारम्भिक आँकलन गरिएको छ ।

तस्वीर सौजन्य : रमाकान्त दवाडी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भूमि व्यवस्थापन विभागमा ठूलो संख्यामा सरुवाको तयारी, लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्दै

स्थानीय तहमा खटाइएका २४ हाकिम बाटैबाट फिर्ता,१७९ ले सिंहदरबार छाड्नै मानेनन

लोक सेवा तयारीमा रणनीति, अनुशासन र मनोबल नै सफलता सूत्र: उपसचिव खगेन्द्र बर्देवा

७ उपसचिव र ५ शाखा अधिकृतको सरुवा : स्थानीय तहबाट ९ मन्त्रालयमा,२ लाई अन्तरपालिका

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

बिशेष