सोनाम ल्होसार र यसको सांस्कृतिक महत्व

२८६१औं सोनाम ल्होसार
बिषय प्रवेश
यस ब्रम्हाण्डमा मानव विकासको क्रममा विभिन्न प्रकारका भाषा, संस्कृति , चालचलन र धर्मको विकास हुन थालेको पाइन्छ ।यो विश्व ब्रम्हाण्ड आफैमा विविधताको अनुपम संगम हो । नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक विशेषता बोक्ने मुलुक हो । नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो रहेको पाइन्छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफनै पात्रोको प्रयोग गर्ने गर्छन् जसलाई ‘चन्द्र पात्रो भनिन्छ । बौद्ध धर्म अनुसार, तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङका अलावा अतिरिक्त यो पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँछन् । ल्होसार पर्वमा जनवारको नामबाट सालको गणना गरेर यो पर्व मनाइन्छ ।

बिज्ञापन

ल्होसार पर्व
ल्होसार अर्थात् ‘ल्हो भन्नाले साल अथवा संवत् अनि ‘सार भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात् ल्होसार, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । ल्होसार पर्व मनाउने समुदायमा यो दिन हर्षोल्लासपुर्वक मनाउँछन् । चिनियाँ सभ्यता निर्माणको क्रममा (इपू २१००– १६००) स्हीया राजवंशको शासन कालमै सुरु भएको विश्वास गरिएको चन्द्र मास पात्रोमा आधारित नयाँ वर्षको परम्परा संसारकै सांस्कृतिक परम्परामध्ये जेठो परम्परा मानिन्छ । यो धार्मिक आस्थासँग गाँसेर आएको ज्योतिष मतमा आधारित धर्म मिसिएको सांस्कृतिक चाड हो । ल्होसार परम्परा मान्ने समुदायमा ल्होसारकै आधारमा मान्छेको वर्ष या उमेर गणना गर्ने गरिएको पाइन्छ । पौराणिक कालमा अहिलेको जस्तो समय सूचक विभिन्न वस्तुको विकास भएको थिएन । अहिले गणितीय संवत्को आधारमा मिति तोकिने गरिन्छ । वि.सं २०८१ मा मनाइने सोनाम ल्होसार २८६१ औं हो ।

बिज्ञापन

ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउदछन । ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया साललाई स्वागत गर्नेसँग गासिएको छ । उदाहरणको लागी पश्चिम मुलुकहरुले बाहृौ महिनाको अन्तिम साझ र नया सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङ समुदायले नया साललाई ल्होछार र अन्य समुदायहरुले नया साललाई ल्होसार भनेर सम्बोधन गदै आएका छन ।नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसारको गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ जनावरको नाम, ५ धातु र २ लिङ्कको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

ल्होसार मनाउने समुदायमा ल्होसार बाह्रवटा हुन्छन् । ती वर्षहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता जीवजन्तु र पशुपंक्षीको नामबाट राखेको हुन्छ । अलग–अलग जातिले कुल र प्रकृतिको पूजा गर्ने समान मान्यता रहे पनि तोला, सोनाम, ग्याल्पो भनेर विभिन्न जातिले ल्होसार मनाउँछन् । यस अनुसार आज सोनाम ल्होसार तामाङ जातिको बसोबास भएको देशका विभिन्न भागमा र विदेशमा पनि उत्तिकै श्रद्धा र भक्तिपूर्वक मनाउने गरिएको छ । यस अवसरमा तामाङ समुदायले घर–बस्तीहरु सफा गरी भगवान बुद्धको पूजा–अर्चना गर्दछन् । गाउँका मुखिया र लामाको उपस्थितिमा सबैजना एकै ठाउँमा भेला भएर नाचगानसहित रमाइलो गर्ने परम्परा रहेको छ ।

बिज्ञापन

सोनाम ल्होसार
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ ।सोनाम लोसार, सोनाम लोसार तो लोसारको ठिक एक महिनापछि मञ्जुश्री अर्थात् भोट पात्रो अनुसार बाह्रौँ महिनाको प्रतिपदाबाट सुरु हुन्छ । सोनाम पा अर्थात् किसानहरूले यो महिनाबाट खेतीपाती रोप्ने कार्य सुरु गर्ने भएको र ग्याल्पो लोसार मनाउने समयमा फुर्सद नहुने भएको हुनाले किसानहरूले यसै महिनामा लोसार पर्व मनाउने गरिन्छ ।

आठौँ शताब्दीमा भोट देशका धर्म राजा ठिसोङ देउचेनले संस्कृतिको विकास गर्ने क्रममा किसानहरूको समय अनुकूल लोसार मनाउने परम्पराको सुरुवात गराएको इतिहासमा पाइन्छ । नेपालमा तामाङ र ह्योल्मो समुदायले पनि सोनाम लोसार मनाउने गर्दछन ।कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होछार) को रुपमा मनाएको विश्वास गरिएको पाइन्छ । यसलाई किसान ल्होछार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम ल्होछार तामाङ र ह्योल्मो समुदायहरुले मनाएको पाइन्छ । ल्होसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै ल्होसारको पूर्व तयारीको कामहरु घरहरुमा रङ पोत्ने, ल्होसारको लागि आवश्यक लुगाहरु सिलाउने र ल्होसारको लागि किनमेल गर्ने गर्दछन् । ल्होेसार शुरु हुनुभन्दा हप्ता दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने रोटीको परिकार) पोल्ने काम र लोफुत (अन्न रोपेर जमरा उमार्ने) आफ्नो ठाउँको हावापानी अनुसार ल्होसारको पहिलो दिन सम्ममा उम्रिने गरी एउटा भाँडामा माटो र बालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमारिन्छ । यसरी उमे्रको गहुलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।

ल्होसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै ल्होसारको पूर्व तयारीको कामहरु घरहरुमा रङ पोत्ने, ल्होसारको लागि आवश्यक लुगाहरु सिलाउने र ल्होसारको लागि किनमेल गर्ने गर्दछन् । ल्होेसार शुरु हुनुभन्दा हप्ता दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने रोटीको परिकार) पोल्ने काम र लोफुत (अन्न रोपेर जमरा उमार्ने) आफ्नोे ठाउँको हावापानी अनुसार ल्होसारको पहिलो दिन सम्ममा उम्रिने गरी एउटा भाँडामा माटो र बालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमारिन्छ । यसरी उमे्रको गहुलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।
ल्होसार शुरु हुनुभन्दा दुई दिन अगाडी बौद्ध, कपन, स्वयम्भूका साथै गाउँघरको मुख्य गुम्बाहरुमा विदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त र विसर्जन गर्न गुम्बाहरुमा विहान देखिनै ङिस्युगु पूजा गर्ने गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा ल्होसारको विदा शुरु हुन्छ र लामाहरु ल्होसार चाडको लागि सबै आ–आफ्नो घर जान्छन । यही दिन ल्होसार मनाउनेहरुले आफ्नोे घरको भित्री भागहरु पुरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नोे परिवारको ग्रह दशालाई शान्त र विसर्जन गर्ने गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्ला भित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक एक डल्ला सबैको भागमा राखिन्छ । गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लो भित्र कसको भागमा के परेर भनेर सबैले अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ ।
उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रूपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल थाहा पाउने गर्दँथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरू खडा भएका हुन् ।तामाङ समुदायबारे लेखिएका पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ‘ता भन्नाले घोडा अनि ‘माङ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यसर्थ, साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नोे साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होसार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीनसहितका बौद्धमार्गीहरु को घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।तामाङहरूलाई प्रकृति प्रेमी समुदायका रूपमा पनि चिनिन्छन् । विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होसार मनाउने समुदायमा ‘ल्होसार अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ ।

सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्गित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँ र गाउँमा लामा र मुखियाको उपस्थितिमा सबै जना एकै ठाउँमा भेला भई नाच–गानसहित रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ । सुस्तरी तर बडो मधुर रूपमा गाइने सेलोका भाकामा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया–प्रेमका भावनाहरू पनि समावेश हुन्छ ।डम्फु यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ । उनीहरू परम्परागत तामाङ पहिरनमा सजिन्छन् । उनीहरू अरू समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई खुल्ला हृदयले स्वागत गर्छन् ।नकारात्मक तत्त्व हटाउन, आशा जगाउने सकारात्मकपन र शक्ति डाँक्न तान्त्रिक विधिअनुरूप नृत्य पनि गरिन्छ ।सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तयार पार्दै विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला हुँदै सामूहिक रूपमा चाडबाड मनाइन्छ । अनि सरल, सभ्य रूपमा मिलनसार शैलीको सन्देश दिन तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय मानिन्छन् ।कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होछार) को रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसान ल्होछार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम ल्होछार तामाङ र ह्योल्मो समुदायहरुले मनाइन्छ ।

नेपालका हिमाली र पहाडी भेगमा बसोवास गर्नेले मात्रै नभएर एसियाका झण्डै दुई अर्ब जनताको साझा पर्व बनिसकेको छ । यो मङ्कोल मूलका विभिन्न देशमा मनाइने गरिन्छ । मङ्कोलिया, चीन, लाओस, थाइल्यान्ड, सिंगापुर, तिब्बत, भियतनाम, ताइवान, मलेसिया, भुटान, फिलिपिन्स, कोरिया, बर्मा, इन्डोनेसिया, हङकङ, भारतको उत्तरी तथा पूर्वी राज्यहरू (दार्जिलिङ, सिक्किम, अरुणाचल, हिमाञ्चल, लद्दाखलगायतका ठाउँमा व्यापक रूपमा मनाइने गरिन्छ । चिनियाँहरूले यसलाई वसन्त उत्सवका रूपमा मनाउँछन् । एसियाका अन्य मङ्कोल मूलका देशमा पनि धूमधामले ल्होसार मनाइन्छ । अतः ल्होसार संसारकै समस्त मङ्कोल समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको पाइन्छ । यस पर्व प्रति हाल अन्य जातिहरुको पनि सद्भाव रहेको छ । यस पर्वले आफ्नै किसिमको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् )

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।