संघका कर्मचारीलाई सचिव बनाएपछि स्वास्थ्य सचिव शर्मा पुगे अदालत

गण्डकी प्रदेशमा संघका कर्मचारीलाई सचिवको जिम्मेवारी दिएपछि यसअघिका सचिव अदालत पुगेका छन् । प्रदेश सरकारको माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट लामो समयदेखि काम गर्दै आएका स्वास्थ्य सचिव विनोदविन्दु शर्मालाई हटाएर संघबाट खटाइएका डा. विश्वबन्धु बगालेलाई जिम्मेवारी दियो ।

बिज्ञापन

बगालेले यसअघि पनि गण्डकीकै स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।२०७९ असोज ५ मा गण्डकीमा आएका बगाले करिब ३ महिना काम गरेर अध्ययन बिदामा बसेका थिए ।केही महिना अध्ययन बिदामा बसेका बगालेलाई पुनः मन्त्रालयमै फर्काइएको हो ।

बिज्ञापन

शर्मालाई स्वास्थ्य तालिम केन्द्रको महानिर्देशक बनाइएको छ । शर्माले उक्त निर्णयविरुद्ध अदालतमा रिट दिए । उच्च अदालतमा ८ गते दायर भएको रिटमा सुनुवाइ गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश भएको छ । न्यायाधीश उमेश कोइरालाको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

बिशेष