संघीय निजामती विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति,थपियो यी शब्द

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति जुटेको छ । विद्येयकमा केही शब्दहरु थपिएको छ ।

बिज्ञापन

२०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि आजदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको हो । समितिले संशोधनकर्ता सांसद, लोकसेवा आयोगका पदाधिकारी, विज्ञहरू, प्रमुख सचेतक र सचेतक, विभिन्न संवैधानिक आयोगहरू, ट्रेड युनियन र जनसंख्या विज्ञलाई बोलाएर समितिले उनीहरूका कुरा सुनेसँगै आजदेखि दफादार छलफल अगाडि बढाएको थियो । विधेयकको प्रस्तावनामा नै ३२ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयकको प्रस्तावना पास गरेको छ । प्रस्तावित प्रस्तावनामा प्रविधिमैत्री, पारदर्शी, परिणाममुखी, समावेशी शब्द थप गर्ने प्रस्तावमा सहमति भएको समितिले जनाएको छ । प्रस्तावनामा परेका ३२ वटा संशोधन पनि यसै सशोधनमार्फत सम्बोधन भएको समितिले जनाएको छ ।

बिज्ञापन

प्रस्तावित प्रस्तावनामा राज्य व्यवस्था समितिले विभिन्न चारवटा शब्द थप गरेको छ । सांसदहरूको रायका आधारमा समितिले पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री’ भन्ने शब्द थप गर्ने निर्णय गरेको हो । यस्तै गणतन्त्रप्रति प्रतिवद्ध र समावेशीसहितका शब्दहरू राखिएको छ ।

प्रस्तावित विधेयकको प्रस्तावनामा भनिएको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

अनुदान कटौतीपछि स्थानीय तहका दुई ठूला संगठनको आन्दोलनमा उत्रने चेतावनी

प्रलोपाको घोषणापत्र : निजामती सेवाको पुनसंरचना,दलीय ट्रेड युनियन खारेज

कुलमानको पार्टीको प्रतिवद्धता : डिजिटल,पारदर्शी र जवाफदेही प्रशासन,भ्रष्टचारीलाई आजीवन प्रतिवन्ध

मालपानीको नागरिकता शंकास्पद,छानबिन अगाडि बढाउँदा सिडियोकै सरुवा

बिशेष