प्रदेश निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । बरिष्ठ सहसचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै उक्त नियमावली संशोधनका लागि आवश्यक कार्यदल गठन प्रक्रिया अगाडि बढाएका हुन ।

बिज्ञापन

गत २६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको थियो । जस अनुसार लुम्बिनी प्रदेशमा बाबुराम अधिकारी र मधेश प्रदेशमा मदन भुजेललाई कायम मुकायम तोकिएको छ ।

बिज्ञापन

रक्षा हुँदै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा कार्यरत रहेका अधिकारीलाई प्रदेशको कामू सचिवको जिम्मेवारी दिएसँगै उनी आज त्यहाँ हाजिर भएका हुन । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यकामा प्रमुख सचिव अधिकारीलाई कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरेका थिए ।

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनकालागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । कार्यदलमा प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय रहेका छन् । जसमा कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानुन उपसचिव सदस्य सचिव रहनेछन् ।

बिज्ञापन

यस्तै स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अब दुवै ऐन कार्यान्वयनको लागि नियमावली बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष