जनवरी २० मा डोनाल्ड जे ट्रम्फले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिए। उनी रिपब्लिकन पार्टीबाट चुनाव लडेका हुन्। डोनाल्ड ट्रम्फको जितलाई कन्जरभेटिभको जित भनिन्छ। Conservative लाई अंग्रेजी शब्दकोषले यसरी परिभाषित गरेको छ- Conservative refers to philosophy, attitude or approach that values tradition , stability and continuity . अर्थात परम्परा, स्थायित्व वा निरन्तरतालाई महत्व दिने प्रवृत्तिलाई कन्जरबेटिभ भनिन्छ।
बिज्ञापन
कन्जरभेटिभलाई राजनीतिक क्षेत्रमा हेर्दा परम्परागत मूल्य मान्यतालाई बोकेर हिड्ने दर्शन मानिन्छ। अमेरिकाको चुनावी प्रतिस्पर्धामा आएका दुई पार्टीहरू मध्ये रिपब्लिकन पार्टीलाई कन्जरबेटिभ स्वभावको मानिन्छ। किनभने यो पार्टीले सरकारको भूमिकालाई सीमित गरेर निजी क्षेत्रलाई डेलिभरीमा लगाउछ,खुला बजारलाई महत्व दिन्छ,सामाजिक मूल्य मान्यता र परम्परालाई जगेर्ना गर्छ।
बिज्ञापन
यस भन्दा अगाडि डेमोक्रयाटिक पार्टीको सरकार थियो जुन रिपब्लिकनको अवधारणा संग मेल नखाएको हुदा ट्रम्फले सफथ लिएको पहिलो दिन मै पहिलाको सरकारले संचालन गर्दै आएका कतिपय आदेशहरुलाई उल्ट्याई दिए। यसका केही उदाहरण दिनु पर्दा जन्मको आधारमा नागरिकता दिने विषय, तेश्रो लिंगीको विषय, आप्रवासीको विषय आदिलाई लिन सकिन्छ। हुन त यी विषयहरूले न्यायीक निर्णयको प्रतीक्षा नगर्लान भन्न पनि सकिएला तर पनि गैर कन्जरबेटिभ सरकारका अधिकांश नीति र कर्यक्रमलाई आफ्नो सफथ ग्रहण संगै परिमार्जन गर्न खोज्नुले यी दुई बीच ठूलो मतान्तर भएको बुझिन्छ। अहिले हाम्रो दक्षिणको छिमेकी लगायत जापान,ब्राजिल, ईजरायल,अष्ट्रेलिया र कतिपय यूरोपीय देशहरूमा समेत कन्जरभेटिभ प्रवृत्तिका सरकार आउनु संयोग मात्र नहुन सक्छ।
हाम्रो देशको विद्यमान सरकार प्रति समेत ब्यापक असन्तुष्ठी देखिएको छ। यसले डेलिभरी दिन सकेन, सुशासन दिन सकेन भनेर यसको बिकल्पको खोजी भै रहेको छ। गत चुनावमा मतदाताले विकल्प खोजेको संकेत दिएका हुन् तर जनताको मत पाएर संसद प्रवेश गरेका त्यस्ता दल समेत सत्ताको दलदलमा पसेर जनतालाई निराश बनाएको स्थिति छ। यो अबस्थामा अबको बिकल्प भनेको कन्जरबेटिभहरूको सरकार नै हो।
बिज्ञापन
हाम्रो देशमा पुरानो मूल्य मान्यता बोकेर बर्तमान संग जोडिन सक्ने राजनीतिक दल आज सम्म देखा परेको छैन। हुन त आफूलाई राजावादी र हिन्दूत्व सॅग जोडेर हेर्ने राजनीतिक दलहरूले आफूलाई कन्जरबेटिभ कित्तामा राख्न चाहन्छन् तर हामीले बेहोरेको राजतन्त्रले समेत आफूलाई कन्जर्बेशनमा उभ्याउन सकेन। खासगरी कन्जर्बेशन देशको भूगोल, देशको सामाजिक बनोट र परम्परा सबैलाई समेटेर लग्नुका साथै देश निर्माणमा सरकारको नियन्त्रणलाई सीमित गरेर निजी क्षेत्र र खुला बजारलाई अगाडि बढाउन सक्ने हुनु पर्छ तर हाम्रा विगत र वर्तमानका कुनै पनि सरकारले यसो गर्न सकेको पाईएन।
अहिले लोकतान्त्रिक गणतन्त्रको अवधारणा बोकेको प्रजातान्त्रिक पार्टी जसलाई Center to Right पनि भनिन्छ- नेपाली कांग्रेस र बहुदलीय जनवादको अवधारणा बोकेको , आफूलाई कम्युनिष्ट र प्रजातान्त्रिक दुवै भन्न रूचाउने पार्टी जसलाई Center to left पनि भनिन्छ- नेकपा एमाले दुई पार्टीको संयुक्त सरकार छ। गन्तब्य सम्झेका भए यिनीहरूको संयुक्त सरकार बन्न मिल्ने हैन। किनभने राज्यमा सरकारको नियन्त्रणलाई महत्व दिने र सरकारलाई सहजकर्ता मान्ने पार्टीको गन्तब्य कसरी मिल्छ? अधिकार केन्द्रिकृत गर्ने र विकेन्द्रित गर्ने पृथक अवधारणा भएका पार्टीको गन्तब्य कसरी मिल्छ? यसरी शासनका प्रकृया विषम हुने पार्टीको मिलन केवल सत्ताका लागि भएको हो र यसले न सुशासन दिएको छ न सहज डेलिभरी न त भोलीका दिनमा नै दिन सक्छ। यसैले यसको विकल्प खोजी भएको हो।
यसको बिकल्प दिने भनेर हाल संसदमा रहेका पार्टी र यसका नेता पनि परीक्षण भै सकेका हुन र यिनीहरूबाट समेत सुशासन र डेलिभरी हुन नसक्ने पक्का भै सकेको छ।
अब बिकल्पमा देखिएका शक्तिहरू जो अहिले सडकमा छन् तिनीहरूलाई हेर्ने हो भने पनि तिनीहरूले विगतमा असान्दर्भिक भएर जनताले फालेको शक्तिलाई बोकेर सडकमा हिडेका समूहलाई लिन सकिन्छ। यी समूहहरूले कन्जरबेटिभ स्वभाव बोक्न सकेका छैनन्। हाम्रो सामाजिक बनोट र हाम्रो संस्कृतिलाई बोकेर हिड्न सक्ने कन्जरबेटिभ शक्ति यही रिक्ततामा जन्मने पक्का छ, यही शक्तिले भावि नेपालको नेत्तृत्त्व गर्नेछ।