तिवारीलाई गृह प्रवक्ताको जिम्मेवारी

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी रामचन्द्र तिवारीलाई दिइएको छ । यस अघि प्रवक्ताको भूमिकामा रहेका ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेपछि उक्त ठाउँमा रामचन्द्रलाई दिएको हो ।

बिज्ञापन

गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत हेर्ने गरी रामचन्द्रलाई गृहको प्रवक्ता तोकिएको हो। यस अघि उद्योग विभागको महानिर्देशक हुँदै गृह मन्त्रालयमा भित्रिएका उनी सात महिना अगाडि २०८१ जेठ २३ गते सुनसरीको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए । उनलाई सात महिनामै गृहमा फिर्ता तानेर सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयले सोमबार १० सहसचिव र उपसचिवसहित १२ जना कर्मचारीहरुको सरुवा गर्दा तिवारी गृह मन्त्रालयमा भित्रिएका थिए भने सुनसरीको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र कुमार मिश्रलाई खटाइएको छ ।

बिज्ञापन

०५६ सालमा निजामती सेवामा पाइला राखेका रामचन्द्र तिवारी बर्ष दिन पछि नासु,चार बर्ष पछि शाखा अधिकृत हुँदा जिल्ला निर्वाचन कार्यालय तनहुँ र केही समय स्थानीय तहमा बिताए । ०७१ सालमा उपसचिवमा उक्लिए पछि स्थानीय विकास अधिकारी,मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा केही समय काम गरे । त्यस्तै केही समय अध्यागमन र कारागार विभागमा बसेर काम गरेका उनी ०७८ सालमा सहसचिव बनेसँगै उद्योग विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै गृहमा पुगेका हुन । उनले अर्को साताबाट जिम्मेवारी सम्हाल्नेछन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष