मन्त्रिपरिषद् बैठक, सशस्त्रका चार डिआइजीको पदावधि थपबारे निर्णय हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बिज्ञापन

अहिले साँझ ७ बजे बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीका पदावधिबारे निर्णय हुने कार्यसूची रहेको छ ।

बिज्ञापन

स्रोतका अनुसार सशस्त्र प्रहरी बलका चार डिआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो। पदावधि थप नभएमा चार डिआइजीले आजैदेखि अवकाश पाउने अवस्था छ।

डिआइजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पुग्दैछ । सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४+१ वर्ष हुने उल्लेख छ। उनीहरुको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद् पुगिसकेको छ ।

बिज्ञापन

तर, उनीहरुलाई अवकाशमा लैजाने टोली शक्तिशाली भएकाले निर्णय हुन नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

कुलिङ पिरियडमा छलछाम : प्रधानमन्त्री फर्केपछि मात्रै छानबिन

मध्यरातमा संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर,दुई न्यायाधीशको फरक मत

कुलिङ पिरियड प्रकरणले संसदीय समितिमा हंगामा,सबै ‘पानी माथिको ओभानो’

राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

बिशेष